• बुधबार ३-११-२०७६/Wednesday 06-26-2019/ 05:28 am

बिजुली बल्न थालेपछि लोप हुँदै पानीघट्ट

बाजुरा । पुरानो प्रविधि र सीप देखिने पानीघट्ट यतिबला हराउन थालेका छन् । जिल्लाका विभिन्न ठाउँमा आधुनिक कुटानीपिसानी मिल सञ्चालनमा आएपछि पुराना प्रविधिबाट निर्माण गरिएका पानीघट्ट हराउन थालेका हुन् । 

गाउँमा जताततै बिजुली बल्न थालेपछि कुटानीपिसानी मिलकै कारण पानीघट्टको माग कम हुँदै गएको एक दशकदेखि पानीघट्ट सञ्चालन गर्दै आएका करवीर नाथले बताए । मिलमा पिसानी गर्दा कम समय लाग्ने भएपछि महत्व घट्दै गएको पानीघट्ट सञ्चालक नाथ बताउँछन् । नदी तथा खोला किनारमा हुने र गाउँबाट टाढा हुने, एक्लै गएर पिसानी गर्न पनि असुरक्षा हुने गरेका कारण मिलप्रति स्थानीयवासीको आकर्षण बढेको बडिमालिका नगरपालिका–२ का विक्रम गुयाले बताए ।

मेशिनमा पिस्दा स्वाद हराउने हुँदा रोटी मीठो नहुने बुढापाका बताउँछन् । पुरानो प्रविधि र सीपसँग जोडिएको विषयलाई संरक्षण गर्नुपर्नेमा समेत उनीहरुले जोड दिएका छन् । पानीघट्टको संरक्षण आवश्यक रहेको बडिमालिका नगरपालिका–२ घागरका पानीघट्ट सञ्चालक महावीर महतको भनाइ छ । मिल सञ्चालनसँगै सयौँको रोजगारीसमेत बन्द भएको छ । रोजीरोटी बन्द भएकोमा भन्दा प्रविधि हराउनेमा बढी चिन्ता लागेको महत बताउँछन् ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

क्षतिपूर्ति वापतको रकम नलिने बिर्तामोड मेयर सिवाकोटीकाे घोषणा

  • १० असार, २०७६

काठमाडौं । बिर्तामोड नगरपालिकाका मेयर ध्रुव कुमार शिवाकोटीले केही अगाडी भएको आन्दोलनका क्रममा भएको क्षति को क्षतिपूर्ति स्वरुप आएको रकम नलिने घोषणा

प्रदेशसभा सदस्य चमेलीको आरोप : प्रजिअले दुर्व्यवहार गरे

  • १० असार, २०७६

जनकपुरधाम । प्रदेश दुईका प्रदेशसभा सदस्य चमेली देवी दासले धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले आफूमाथि दुरव्यवहार  गरेको आरोप लगाएकी

विराटनगरको बजेट ५ अर्व १२ करोड

  • १० असार, २०७६

विराटनगर । विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्षकालागि ५ अरव १२ करोड रुपियाँको बजेट प्रस्तुत गरेको छ । विराटनगर महानगरपालिकाको मंगलबार सम्पन्न