• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

एनआरएनए जापान १५ औं बर्षमा प्रवेश

टोकियो । एनआरएनए जापान स्थापनाको १४ वर्षपूरा गरी १५ औँ बर्षमा प्रवेश गरेको छ । आफ्नो स्थापनाको १५ औँ बार्षिक उत्सवको अबसरमा एनआरएनए जापानले योकोहामामा बनभोज कार्यक्रमको आयोजना गर्यो ।

बनभोज कार्यक्रममा राजदुतावासका प्रतिनिधी प्रेम बराल एनआरएनएका पुर्व अध्यक्ष ओम गुरुङ, सुदन थापा संस्थापक महासचिव डा. कुमार बस्नेत लगाएतले एनआरएनको स्थापना उतारचढाब र भुमिका बारे आफ्नो धारणा राखे । 

कार्यक्रममा पुर्व अध्यक्ष रोशन केसी, दोस्रो कार्यकालका महासचिव बेलुकाजी थापा, ब्यबसायी महेश श्रेष्ठ, पुष्कर जंग थापा, दिनेश गुरुङ, एनआरएनए कान्तो अध्यक्ष नविन न्युरे, ओएनएफ जापानका प्रतिनिधी राजेन्द्र श्रेष्ठ, खानागावा कम्युनिटिका अध्यक्ष हरि सापकोटा  लगाएतको उपस्थीति रहेको थियो ।

गैरआवसीय नेपाली संघ जापान २००४ फ्रेवअरी ११ तारीक टोकियोमा जम्मा भएको भेलाले राजन प्रधानाङगको नेतृत्वमा १६ सदस्यीय कमिटि गठन गरेको थियो ।


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर