प्रदेश ५ को नाम र राजधानी बारे जनमत बुझ्दैछाैं– संयोजक 

मानसिंह विश्वकर्मा /रोल्पा । प्रदेशसभा सदस्य एवं प्रदेश स्थायी राजधानी एवं नामाकरण समितिका संयोजक दीपेन्द्र कुमार पुनमगरले प्रदेशको राजधानीको विषय सार्वजनिक कार्यक्रममा बोल्दै हिड्ने विषय नभएको बताएका छन् । राजनीतिक सहमतिको आधारमा प्रदेश सभाबाट प्रदेशको राजधानी आम जनतालाई पायक पर्ने र प्रदेशवासीको भावनालाई सम्वोधन गर्ने गरी टुङ्गो लगाउने उनले बताए ।

समितिका संयोजक पुनमगरले यस विषयलाई छलफल गरेर आम सहमतिबाटै बनाउन लागि सबैले सुझाव पेश गर्नका लाग अनुरोध गर्दै सुझबुझ र पुस्तौसम्म न्याय हुने प्रकारले सोच्न सबैलाई अनुरोध गरे ।

प्रथम शहीद लखन थापामगरको १ सय ४२ औँ स्मृति दिवसमा आयोजित मगराँत के हो र मगराँत प्रदेश किन ? भन्ने विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले राजधानी र नामाकरणको विषयमा सवैलाई चित्त बुझ्ने र पायक पर्ने स्थानमा बनाउने दावी गरे ।

पुनमगरले पहिचान, सामथ्र्य, सँस्कृतिलाई आधार मानेर टुङ्गो लगाउनको लागि प्रश्नावली निर्माण गरी सबै जिल्लामा पठाइएको जानकारी गराउँदै यो हतार र हचुवा अनि लोकप्रियताको लागि बोल्दै नहिडेर जनता र प्रदेश सभाले दिएको जिम्मेवारी पुरा गर्ने प्रतिद्धता व्यक्त गरे ।

उनले स्थायी राजधानी र नामाकरणको विषयमा सबै जिल्लामा आफूहरु पुग्ने र सुझाव संकलन गरेर प्रेदश सभामा पेश गरिने त्यस प्रदेश सभाले सो विषयलाई टुङ्गो लगाउँदा केही हालको प्रशासनिक केन्द्र नयाँ स्थानमा हुन सक्ने समेत संकेत गरेका छन् ।  

प्रदेश नं. ५ का वाँके, बर्दिया, दाङ, प्यूठान, रोल्पा, पूर्वी रुकुम, अर्घाखाँचीको पश्चिम, कपिलबस्तुको पश्चिमी भूभागका नागरिकहरुले भालुबाङ, बांगेसाल, दरभान, जुलुके लगायतको क्षेत्रमा उपयुक्त हुने सुझाव पेश गरेको समेत संयोजकले पुनमगरले जानकारी दिए । यसैगरी गरी नवलपरासी, गुल्मी, पाल्पा, रुपन्देही, अर्घाखाँची पूर्वीभागबाट बुटवल नै उपयुक्त हुने सुझाव दिएको बताए । 

यसरी सुझाव पेश गरेता पनि भौगलिक रुपमा बस्ती विकास गर्न सकिने, फराकिलो स्थान, सबै जिल्लालाई पायक पर्ने स्थान, सिमानादेखि केही टाढा रहेकोले पनि प्यूठानको बांगेशाल, दाङको भालुबाङ, अर्घाखाचीको जुलुके तीन जिल्लाको संगम स्थल नै उपयुक्त हुने लामो समय राजनीतिक क्षेत्रमा क्रियाशील नेपाली कांग्रेसका निवर्तमान सभापति कृष्णबहादुर घर्तीमगरको भनाई छ । 
    
नेकपाको बहुमतको सरकार भएपछि यो कुनै पार्टीले ह्वीप जारी गर्दैमा राजधानीको टुङ्गो नलाग्ने यो आफ्नो जिल्लाका नागरिकलाई पायक पर्ने गरी अन्तिम सम्म सडनमा लडिरहने एक प्रदेश सभासदस्यले बताए । प्रदेश नं. ५ मा प्रदेशको नामाकरणले सहज रुपमा टुङ्गीए पनि राजधानीको विषयमा भने सबै राजनीतिक दल, सबै क्षेत्रबाट मतभेद हुने भएकोले प्रदेश सभा समेत प्रभावित बन्न सक्नेछ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर