• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

अनलाइन गेम 'PUBG' खेल्दाखेल्दै मित्रता, त्यसपछि इन्गेजमेन्ट गरे यी जोडीले

एजेन्सी । पब्जी(PUBG) अर्थात् प्लेयर अनउनस् ब्याटल ग्राउन्ड’ नामक अनलाइन गेमले यतिबेला निक्कै लोकप्रिय छ, यसले लोकप्रियताको सबै रेकर्ड तोडेको छ । यो गेमको लत लागेका कारण धेरैले चिकित्सकको सल्लाह लिन पनि पुगेका छन् भने केही विद्यालय विद्यार्थीमा यस गेमको लतका कारण आजित बनेका छन् । 

यसैबीच एक खबर इन्टरनेटमा भाइरल बनेको छ, जसमा एक युवकले पब्जी खेल्दाखेल्दै एक युवतीसँग मित्रता त्यसपछि इन्गेजमेन्ट नै गरेका छन् ।

नुरहान अल हशीस नामक एक युवतले आफ्नो ट्विटर हेन्डलमा आफ्नो कहानी सर्वाजनिक गरेका छन् । नुरहानले ट्विटरमा इन्गेजमेन्ट गरेको खबर दिँदै लेखेका छन्, ‘हामीले पब्जीबाट सुरु गरेका थियौँ, अब हामीले इन्गेजमेन्ट गरेका छौँ’ । 

उनले इन्गेजमेन्टको तस्विर पनि सार्वजनिक गरेको छन् । नुरहान र युवतीले गत ७ फेब्रुअरी मै इन्गेजमेन्ट गरेका थिए । 

नुरहानले ट्विट गरेको केही बेरमै खबर भाइरल बनेको थियो र उनीहरुलाई बधाई दिनेको ओइरो नै लागेको छ । अहिलेसम्म नुरहानको यो ट्विट २५ सय पटक रिट्विट भइसकेको छ । 

नुरहान इजिप्टका नागरिक हुन् भन्ने उनको ट्विटर ह्यान्डलबाट थाहा हुन्छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर