• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

गीतकार भएर पाएको सफलतासँगै गायक बन्ने लोभ त मनमा छँदैछ : गीतकार डीपी खनाल (भिडियाेसहित)


१ गीत के हो जस्तो लाग्छ ?

मेरो विचारमा गीत भनेको एउटा भावना हो त्यो पनि रसिलो भावना । एउटा धुन मेलोडी बाजा गाजाले सिङगारिएर कसैलाई कानमा पुग्छ र मनोरञ्जन दिन्छ मनलाई शान्त दिन्छ भने त्यो नै गीत हो । 

२ तपाईं दर्शक समक्ष चिनाउदा कस्तो खालको गीतकार भनेर चिन्न रुचाउनु हुन्छ ?

जस्ले पनि आफुलाई भर्स्टाइल नै भन्न रुचाउँछ । फेरी मेरा गीतहरु धेरै मनोरञ्जन दिलाउने खालका छन् । म आफुलाई सबै किसिमका गीतहरु लेख्न सक्छु भन्नेमा विश्वास गर्छु । मैले लेखेका गीतहरु अहिलेका टे«न अनुसारकै छन । त्यसैले म नेपालीपन बोकेको गीतकार भन्न रुचाउँछु ।

३ तपाईंले लेखेको गीतमा नेपाली मौलिकता अटाएको छ त ?

अटाएका छन् जस्तो लाग्छ, पश्चिमी भाषाहरुको हाबी भइरहेको अवस्थामा मैले लेखेका गीतहरुमा ठेट नेपाली शब्दहरु नपाइएला तर मेलै मौलिकता मिसाएरै गीतको रचना गरेको हुन्छु ।

४ तपाईं हेर्दा साइ नेचरको देखिनु हुन्छ तर गीतहरु लेख्दा रोमान्टिक यो कसरी ?

अह म हेर्दा साइ नेचरको छु तर वास्तविक जीवनमा म त्यस्तो छैन । म वास्तविक जीवनमा निकै रोमान्टिक छु त्यसैले आफुभित्र भएका ति रोमान्टिक भावनालाई अक्षरमा उर्ताने काम गरिरहेको हुन्छ् ।

५ गीतकार बन्छु भनेर यो क्षेत्रमा आउनु भएको थियो की यतिकै ?

गीतकार बन्छु भन्ने थिएन मेरो गायक बन्ने सपना थियो मेरो तर म स्कुल जीवन देखि नै केही भावनाहरु लेख्ने गर्दथिए । गायक बन्नको लागि संगीत सिक्ने क्रममका सर्जकहरुले केही गीतहरु लेख भन्न थाले अनि रचना गर्ने मेरो बानीले गर्दा त्यो सहज पनि भयो मेरा गीतहरु रुचाइन थाले त्यसपछि गायन भन्दा मेरो गीतमै मेरो लगाम बस्यो ।

६ गीतकार बन्न सुरुका दिनमा कतिका संघर्ष गर्न पर्यो ?

शरुका दिनमा सबैलाई गाह्रो नै हुन्छ फेरी हामी म त बाहिर मोफसलबाट आएको धेरै संघर्ष गरेर आएका हुन्छौ ।  आफुले रचना गरेका भावनाहरु स्थापित सर्जकसमक्ष जान धेरै समय लाग्थ्यो तर मेरो साथीहरुको सर्कल धेरै भएकोले म मेरा रचनाहरु देखाउने गर्दथे । साथै सायौँ गीतहरु रिजेट भए पछि मात्र एउटा गीत छानिन्थे । यसरी छानिएका गीतहरु दर्शकले रुचाउन थालेपछि मलाई सहजै भयो । 

७ सयौँ गीतहरुपछि सीमित गीतहरुले तपाईलाई चिनायो त्यो समय र आजको समयलाई कसरी तुलना गर्नु हुन्छ ? 

मेलै गीतिलाइन शुरुवात गर्दाको समय र अहिलेको समयमा धेरै फरक भएको छ त्यो समयमा धेरै जस्तो माया पिरतीमा धोका खाएका गीतहरु लेखिन्थ्यो । जीवनदेखि हार आएका गीत लेखने प्रचलन थियो । हामीहरुको प्रवेश न भएसंगै त्यो टे«न चेन्ज भयो । डान्सिङ गीतहरु बजारमा चल्न थाले मेरो पनि त्यो भन्दा पछिका गीतहरुले बजार पाए गीतहरु चले र मलाई चिन्न थालेका हुन् ।

८ तपाईंको गायक बन्ने सपना चाही कता पुगेको छ की गीतकार नैै ठिक छु भने र स्थगित छन् ?

गीतकार भएर पाएको सफलता संगै गायक बन्ने लोभ त मनमा छँदैछ तर पनि गीतकार बनेर नै यतिका सफलता पाएको छु भने गायक नै किन जस्तो लाग्छ  तै पनि आफनो प्रतिभा र आवाजलाई म्याच गर्ने गीतहरु गाउने रहर छ म त्यसको तयारीमा छु ।

९ आजभोली गायक मोडल गीतकार आफै हुन्छन् सबै आफै गर्छन के भन्नु हुन्छ ? 

सबै जना सबै कुरामा सफल भन्ने हुदैन । कोही कोहीमा त्यस्तो गुण हुन्छ भने त्यसलाई गलत पनि भन्न मिल्दैन । एक किसिमले आफुसंग प्रतिभा छ भने त्यो गलत होइन । 

१० गीत रचना गरेरै जीवन धान्न सक्ने अवस्था कस्तो देख्नु भएको छ  ?

मेरो कुरा गर्दा म गीत लेखनमै सफल छु । धेरैले सोच्दा गीत लेखेर कसरी जीवन धानेको छ भनेर छक्क पनि परेका हुन्छन् तर म यसमा सफल छु । जस्तो टे«न चलेको छ त्य अनुरुपका गीतहरु लेख्न सकियो भने सजिलै यो पेसाबाट जीवन यापन गर्न सकिन्छ ।

११ गीतका सबैभन्दा बढी भूमिका गीतकारको हुन्छ तर ना गायक र मोडलको आउछ यसमा तपाईको भनाई के छ ?

गीतमा गीतकार सधै पछाडी परेका हुन्छ् हाम्रो भूमिका धेरै भए पनि हामीललाई तिन्ने माहोल धेरै कम हुन्छ । त्यसको लागि मिडियाहरुले गीतको व्यकग्राउन खुलाएर दिएमा मोडल र गायकजस्तै गीतकारहरुको पनि खोजि गरेमा अझ उनीहरुमा हौसला समल्छ जस्ताे लाग्छ । 


 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर