• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

प्रधानमन्त्रीले गायकको नाम फेरेर गीत गाएको कांग्रेसको खुलासा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री कार्यालयको गम्भीर गल्तीको खुलासा गरेको छ । पार्टी कार्यालय सानेपामा सरकारको एक वर्षे समिक्षा सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उक्त विषयको खुलासा भएको हो ।

आयोजित पत्रकार सम्मेलनमा पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासिको नाममा सम्बोधन गर्दैगर्दा गाएको एउटा गीतमा भएको भूल सार्वजनिक गरेका हुन् । प्रधानमन्त्री ओलीले उक्त गित गाउँदा गायकहरुको नाम नै बिगारेर गित गाएको उनको आरोप छ । 

प्रधानमन्त्री कार्यालयले तयार पारेको देशवासीको नाममा गरिएको सम्बोधनमा गाइएको गीत नारायण गोपाल–अरुणा लामाले गाएको गीत जस्तो– ‘त्यो तारा मात्रै हैन, जुन पनि झारी दिउँला’ भनेपनि उक्त गित उक्त गित उनीहरुले नगाएको आरोप उनले लगाएका छन् । 

‘सम्माननीय प्रधानमन्त्रीज्यूको लिखितमा इमान्दारीता रहेन, लेख्नेहरुले राखेनन भन्ने कुराका लागि अरु उदाहरण दिन पर्दैन । यसभित्रै एउटा गीत छ, हे कान्छा सुनको तारा खसाइदेउन र गायकले भन्नुहुन्छ सुन तारा मात्र होइन जुनपनि खसाईदेउँला ।’ उनले भने–‘गुगलमा सर्च गरेर हेरे हुन्छ यो गीतको गायीका तारादेवी र गायक लाक्पा शेर्पा । बडा दुःख लाग्छ सम्माननीय प्रधानमन्त्रीको गायकको नाममा नारायणगोपाल र गायीकाको नाम अरुणा लामा । मन्त्रालयको मेहनत ! ’

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर