• मंगलबार २-७-२०७६/Tuesday 05-21-2019/ 10:19 pm

विद्यार्थीको दवावपछि त्रिविले घोषणा गर्यो स्ववियुको निर्वाचन समिति 

काठमाडौं। त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सन्पन्न गर्न केन्द्रीय निर्वाचन समन्वय एवम् निरिक्षण समितिको  घोषणा गरेको  छ । 

सोमबार स्ववियु निर्वाचनको कार्यतालिका सार्वजनिक गर्न दवाव दिन त्रिभुवन विश्वविद्यालय घेराऊ गर्न पुगेका सत्तारुढ नेकपा निकट अनेरास्ववियु र अनेरास्ववियू ९क्रान्तिकारी ० को घेराउ कार्यक्रमै सो समितिको नामावली सार्वजनिक गरिएको छ ।

त्रिभुवन विश्वविद्यालयकी  शिक्षाध्यक्ष प्रा.डा.सुधा त्रिपाठीको संयोजकत्वमा ७  सदस्यीय कार्यसमितिको नामावली सार्वजनिक गरिएको हो।समितिको सहसंयोजकमा रजिस्ट्रार डिल्लीराम उप्रेती रहेका छन्। 

समितिका अन्य सदस्यहरुमा विष्णुप्रसाद खनाल, नरेन्द्रप्रसाद शिवाकोटी, विष्णु केसि, नारायणप्रसाद खनाल र सदस्य सचिवमा गंगावहादुर थापामगर रहेका छन् ।

केन्द्रीय निर्वाचन समिति वन्नुलाई सकारात्मक रुपमा लिएको अनेरास्ववियू ९क्रान्तिकारी ० का उपाध्यक्ष सुरेन्द्र बस्नेतले वताए। समितिको वैठक तत्काल वसेर स्ववियु  निर्वाचनको तालिका सार्वजनिक गर्ने त्रिविका रजिस्टार डिल्लीराम उप्रेतीले वताए।

समितिको नाम सार्वजनिक हुनु अघि आयोजित घेराऊ कार्यक्रममा अनेरास्ववियू (क्रान्तिकारी ) का अध्यक्ष रञ्जित तामाङ र अनेरास्ववियुका उपाध्यक्ष महेश वर्तौलाले स्ववियु निर्वाचन तत्काल अघि वढाउन चेतावनी दिएका थिए।

 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
जसरी हुन्छ स्ववियु निर्वाचन हुन जरुरि।छ विद्यार्थी काे हकहित लाई सराेकारवाला निकायमा पुयाई शिक्षा क् लेख्नुहुन्छ ६ फाल्गुण, २०७५ ५:०५ pm

जसरी हुन्छ स्ववियु निर्वाचन हुन जरुरि।छ विद्यार्थी काे हकहित लाई सराेकारवाला निकायमा पुयाई शिक्षा क्षेत्रकाे विकासमा महत्त्वपूर्ण याेगदान पुयाउने छ। Read more at: काे Read more at: https://www.samachardainik.com/news-details/13197/2019-02-18

तपाईँको मत

‘सरकारको काम नबुझि सुझो न बुझो यत्तिकै उफ्रनु ठिक नहोला’ : मन्त्री बाँस्कोटा

  • ७ जेठ, २०७६

काठमाडौं । सूचना तथा संचार प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले सरकारको काम बुझेर मात्र टिप्पणी गर्न आह्वान गरेका छन् ।

सरकारसँग अवसर र चुनौती दुवै छन : युवराज ज्ञवाली

  • ७ जेठ, २०७६

लमही । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य युवराज ज्ञवालीले चुनावको समयमा कम्युनिष्ट पार्टीले बनाएको घोषणापत्रलाई आत्मसात् गर्दै

विप्लव कार्यकर्ता र प्रहरीबीच गोली हानाहान, एक घाइते

  • ७ जेठ, २०७६

काठमाडौं । विप्लव समूहका एक कार्यकर्तालाई प्रहरीले भोजपुरबाट पक्राउ गरेको छ । प्रहरीले जिल्लाको ट्याम्के मैयुम गाउँपालिका १ बाट गोली हानी एक जनलाई