• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

पशुपति शर्माकाे गीत र नेपालका राजनीतिक कार्यकर्ता

‘साँच्चै हामीलाई देशको माया छ भने हामी सबभन्दा पहिला एक सच्चा नेपाली नेपाली बन्न सिकौँ अनि बल्ल कुनै राजनीतिक दलको कार्यकर्ता । जसले पार्टीको चश्माले हैन स्वतन्त्र नागरिकको नजरले देशको वास्तविक चित्र देख्न सकोस् ।

अहिलेको सन्दर्भमा सुशासन, विकास, शान्ति र समृद्धिलाई मुल नारा बनाएर गठन भएको सरकार एउटा लोकप्रिय गायकले विकृतिको भण्डाफोर गर्दै सरकारको उद्देश्यलाई सहयोग पुग्नेगरी गीत सार्वजनिक गर्दा तर्सिनुपर्ने कुनै कारण छैन ।

त्यसैले डिलिट गर्नेनै हो भने नेपालको राजनीतिबाट भ्रष्टाचार डिलिट गर्नुहोस् । बलात्कार गर्दा शोषण गर्दा, घुस खाँदा, हत्या, अपहरण गर्दा त्यसमाथि एक्सन लिनुको सत्ता हाम्रो देश र जनताको यथार्थ चित्र उतार्ने गीतलाई प्रतिबन्ध लगाउनुको कारण के ? आखिर यहाँ के नै गल्ती भयो, सरकार ? पार्टीको झण्डा देखायो, कार्यकर्तालाई कुकुर भन्यो, यमराजको शासन भन्यो भनेर उफ्रिनेहरुमा पार्टी भक्त कार्यकर्ता हुन्न भन्ने प्रमाणित हुन्छ ।

देश बन्न नसक्नुको कारण नि यही हो भन्दा फरक न पर्ला । महान् वरिष्ठज्यूहरुले सर्वप्रथम आफूलाई कार्यकर्ता भएर हेर्नुभयो र वहाँहरुको मन पोल्यो भने हामी त एक नेपाली हौँ नेपालको अवस्थाबारे गीतले छर्लङ्ग पार्दा जनतालाई कति दुख्यो होला ।

निर्मला रेप केस, सुब्बा–सरकारी कर्मचारीप्रति व्यंग्य, वाइडबडी घोटाला त्यसको बारे त कहिले यस्तो दबाब आएन त ? दबाब आयो त बस जनताबाट हाम्रा नेता र कार्यकर्ता नि कस्ता आफूमाथि परिआए यस्तो चर्तिकला । जनताका समस्यामा त खाली राजनीति गर्छन् । केही समय माहोल तताउँछ अनि सेलाउँछ भनेर छोड्यो । क्या !

आनन्द चुनावपछि त जनतालाइ नगन्ने ? मान्नुपर्छ कार्यकर्ता र जनताबीजको अन्तर यहीबाट छर्लङ्ग भयो । यहाँ त बहुमतको सरकार छ । जे छ आफ्नो अनुकूल हुनुपर्छ भन्ने भइसकेको छ । उदाहरण चारैतिरबाट दबाब आएपछि पशुपति शर्माले गीत हटाएबाट यो प्रष्ट हुन्छ नेपालमा नेपालीभन्दा नि धेरै पार्टीका कार्यकर्ता छन् ।

‘लुट्न सके लुट नेपाल मै हो छुट ।’ चुनावसम्म मात्र रैछ जनता सर्वमान्य त्यसपछि त पार्टी रै’छ । जनताका लागि यति माया कहिले आउने होला हाम्रा वरिष्ठज्यूहरुमा ? अहिलेको राजनीतिमा तरङ्ग छ कि बस पशुपति गलत छ । अहिले चारैतिर नेतागणले पशुपतिको गलत कुरा मात्र कोटाइरहेका छन् ।

उनको गीतको भाव बुझेर पनि नबुझेजस्तो गर्न कति सक्या हुन् हाम्रा कार्यकर्ता र नेताज्यूले ? प्रयोग भएका शब्द गलत हो दोष पशुपतिकै हो । तर, गीतको भावार्थ बुझेर नि नबुझेझैँ गर्ने चाहिँ महान हामी ? हामी पहिला एक नेपाली हौँ, अनि बल्ल कसैको कार्यकर्ता त्यसैले एक नेपाली भएर हेरौँ ।

गीतको अर्थ बुझेर पशुपतिलाई दबाब दिइ डिलिट गर्न सक्ने नेता र कार्यकर्ताले यसको भाव बुझेर सरकारलाई दबाब दिन किन नसक्या हुन् ? राम्रो कुराको अनुशरण सबैले गर्छन् नत्र के हुन्थ्यो यो देशमा तपाईहरुलाई थाहा जो होला । –कपिलवस्तु

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर