• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

जो धेरै ‘पुस–अप’ गर्नसक्छ, उसमा मुटुसम्बन्धी रोगको खतरा पनि कम

एजेन्सी । तपाई कति पटकसम्म ‘पुस–अप’ गर्न सक्नुहुन्छ ? तपाईको पुसअपको क्षमताले तपाई मुटु सम्बन्धी समस्याको जोखिमलाई निर्धारण गर्न भन्छ एक अध्ययन । 

एक स्वासथ्य अध्ययनका अनुसार, एक मानिसले कति पटक पुस–अप गर्न सक्छ, त्यसले मुटुको स्वास्थ्यलाई संकेत गर्छ । विशेषगरी, पुरुषमा यसको संकेत गर्छ । 

‘हार्डभर्ड टिएच चान स्कूल अफ पब्लिक हेल्थ’का अनुसन्धानकर्ताले १० वर्षको अवधिमा अग्नि नियन्त्रक पुरुष कामदारको मुटुको स्वास्थ्यको अध्ययन गरे । अध्ययनमा १० पटकभन्दा कम पुस–अप्स सक्ने पुरुषको तुलनामा ४० पटक पुस–अप्स गर्न सक्ने पुरुषमा मुटुसम्बन्धी समस्याको विकासमा ९६ प्रतिशत कम भेटियो, अर्थात् उनीहरुमा ४ प्रतिशत मात्रै मुटु सम्बन्धी समस्या हुने सम्भावना भेटियो । 

‘हाम्रो अध्ययनबाट आएका तथ्यहरुले पुस–अप्स गर्ने क्षमताले हृदयसम्बन्धी रोगको जोखिमको आंकलन गर्नमा मद्दतका लागि एक सजिलो, बिना तागतको विधि हुनसक्छ भन्ने बताउँछ’, अध्ययनका लेखक जस्टिन यांगले भन । 

अध्ययनको सुरुवातमा पुरुषको औसत आयु ४० वर्ष र औसत बडी मास इन्डेक्स २८.७ थियो । उनीहरुलाई पुस–अप्स गर्न लगाइयो र त्यही अनुसार समय गन्न सुरु गरियो । 

१० वर्षपछि उनीहरुलाई आफ्नो स्वास्थ्यको अवस्था बुझाउन भनियो । यसमा जो परुषले कम पुसअप्स गर्ने गर्थे, उनीहरुको तुलनामा बढी पुसअप्स गरेका गर्नेमा हृदय रोगको जोखिम निक्कै कम पाइयो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर