अन्तराष्ट्रिय मिडियामा ‘लुट्न सके लुट’को चर्चा, अलजजिराले भन्यो ‘नेपालमा अभिव्यक्ति स्वतन्त्रतामाथि नियन्त्रण ’

काठमाडौं । अहिले बिवादमा परेका गायक पशुपति शर्माले सत्ता रुढ दल नेकपाको विद्यार्थी तथा युवा संगठनको दबाबमा भष्ट्राचार विरोधी लोकगीत ‘लुट्न सके लुट’ बोलको गीत यूट्युबबाट हटाएपछि अन्तर्रा्ष्ट्रिय मिडियाले समेत चासो देखाएका छन् ।

कतारबाट प्रशारण हुने अंग्रेजी भाषाको चर्चित सञ्चारमाध्यम अलजजिराले विभिन्न सञ्चारमाध्यमलाई उद्धृत गर्दै सत्तारुढ दलका कार्यकर्ताले चेतावनी दिएपछि गीत सामाजिक सञ्जाल यूट्युबबाट हटाएको उल्लेख गरेको छ । साथै गीत उनले हटाएपछि झन भाइरल बनेको समेत बताएको छ । 

अलजजिराले सो गीतका कारण गायक शर्मालाई चेतावनी दिएकोमा नेपालमा अभिव्यक्ति स्वतन्त्रता नियन्त्रण भएको बताएको छ । उसले नेपालको कम्यूनिष्ट सरकार सामाजिक सञ्जाल नियन्त्रण गर्नेतर्फ लागेकोसमेत बताएको छ । 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर