• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

जापानको आत्महत्याको जंगलबीच उभिएर किन गीत गाउँछन् यी संगीतकार ? (भिडियोसहित)

एजेन्सी । जापानको एक सुन्दर जंगल ओकिगाहारा जसलाई आत्महत्याको जंगल भनेर पनि चिनिन्छ । यस घना जंगलमा वर्षेनी केही संख्यामा आत्महत्या गरेका मानिसको शव भेटिने गरेको तथ्य फेला परेपछि यसलाई आत्महत्याको जंगल भन्न थालिएको हो  । 

तर, एक संगीतकार तथा गायक यो जंगलको परिचयलाई परिवर्तन गर्ने प्रयासमा लागेका छन् । ‘क्योची वातानबे’ नामक गायक जंगलको एक छेउमा पुगेर ठूलो आवाजमा संगीत बजाउँदै गीत गाउँछन् । उनको गीत र संगीत सुनेर आत्महत्याको प्रयास गर्न आउनेको मानसिकता परिवर्तन गर्छन् भन्ने आशा उनको छ । 

‘उनी जंगलको मुल कथा र अस्तित्व फेरी मौलाउनु पर्छ भन्ने सोच्छन् । करिब एक हजार वर्षअघि यहाँ एक ताल थियो । तर, जब ‘फुजी’ पर्वतमा ज्वालामुखी विस्फोट भएर लाभा तल बग्यो, यसले ताल नै भर्यो । त्यसैले, यसको मुख्य परिचय एक तालको रुपमा छ, र तालका देवता ‘रुजिन’ नै मुख्य देवता हुन् । त्यसैले, यो जंगल रुजिनको प्रार्थना स्थल हो’, वातानबे भन्छन् । 

‘एक पटक संगीत सुनेर एक जना मान्छे म कहाँ आए र मैले उसलाई यो जंगल रुजिन देवता हो र उसलाई रुजिनले बचाएको बताएँ’, उनी भन्छन्, ‘मैले उसलाई भने – तिर्थस्थलहरु प्राथनाका लागि हुन् न कि तपाई आफ्नो जीवन सक्काउनका लागि’

‘उसले कुरा बुझ्यो र त्यही दिनदेखि उसले रुजिनलाई मान्न थाल्यो’ उनी भन्छन्, ‘अहिले त्यो मान्छे मसँग फेसबुकमा जोडिएको र हाम्रो राम्रो सम्बन्ध पनि छ’ । 

लोगन पल नामक एक ब्लगरले जंगल भित्र यात्रा गरेर त्यस भित्रको दृश्य खिचेपछि विश्वभरका मानिसको ध्यान यस जंगलमा परेको थियो । उनले बनाएको एक भिडियोमा आत्महत्या गरेको मान्छेको शव देखाएपछि युट्टुवले पनि उनीसँग व्यावसायिक सम्बन्ध टुटाएको थियो । 

जंगलको किनारमा संगीत घन्काउँदै, संगीतकार वातानाबे जो व्यक्ति उनीसँग भेट्न आउँछन्, यो जंगल कसैले आफ्नो ज्यान दिने ठाउँ नएर एक प्राचीन जापानी जल देवताको मन्दिर भएको बताउँछन् । 

उनी गीत गाएर र गिटार बजाएर जंगलमा भौतारिएर आइपुग्नेलाई उनीहरु एक्लो नभएको महशुस गराउने प्रयास गर्छन् र उनीहरुसँग संगीतको पालना गर्ने र उनीहरुलाई पर्खिरहेको एक सथाी छन् भन्ने बताउँन चाहान्छन् । 

वातानबे भन्छन्, ‘एक मानिसको जीवनमा कैयौँ अमूल्य कुराहरु हुन्छन् । संगीतको शक्ति कति छ र यसको शक्ति कति महत्वपूर्ण छ भन्ने पनि यसले देखाउँछ’ । (बिबीसी)

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर