शेयर बजार : आज दोहोरो अंकले बृद्धि

काठमाडौं । लगातार ओरालो लाग्दै आएको शेयर बजारमा आज भने दोहोरो अङ्कले वृद्धि भएको छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक २२  दशमलव ४४ बिन्दुले बढेर एक हजार १२४ दशमलव ९६ बिन्दुमा पुगेको छ । 

यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत आज ४ दशमलव ५५ बिन्दुले बढेर २३८ दशमलव ९१ बिन्दुमा पुगेको छ ।

 स्टकका अनुसार आज कूल १६७ कम्पनीको सात लाख १४ हजार ८७६ कित्ता शेयर २१ करोड ४५ लाख ८८ हजार ६१९ मूल्यमा खरीद बिक्री भएको छ । 

सबै उपसमूहको शेयर कारोवार वृद्धि हुँदा बजारमा सकारात्मक परिवर्तन देखिएको हो । बैंकिङ १४ दशमलव ६९, होटल २३ दशमलव ०५, विकास बैंक २१ दशमलव १६, जलविद्युत २७ दशमलव ०५, वित्त स्थिर रहेको छ । 

निर्जीवन बीमा १५३ दशमलव ९३, उत्पादन ६ दशमलव १३, अन्य १५ दशमलव ५४, लघुवित्त ४१ दशमलव २८ र जीवन बीमा २५१ दशमलव ७३ बिन्दुले बढेको छ । 

बढेको बजारमा चौतारी लघुवित्त वित्तीय संस्था र कालिका लघुवित्त वित्तीय संस्थाका शेयरधनीले आज नौ प्रतिशतले कमाएका छन् । 

नयाँ नेपाल लघुवित्त वित्तीय संस्था, सूर्य लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स कम्पनी र डिप्रोक्स लघुवित्त वित्तीय संस्थाका शेयरधनीले आज सात प्रतिशत बढीले कमाएका छन् । 

यस्तै वल्र्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सका शेयरधनीले १० प्रतिशतले गुमाउँदा खानीखोला हाइड्रोपावर ३ दशमलव ७५ र आँखु खोला जलविद्युत कम्पनीका शेयरधनीले २ दशमलव ४६ प्रतिशतले गुमाएका छन् । 

कारोवारका आधारमा आज माथिल्लो तामाकोशी जलविद्युत कम्पनीको एक करोड २७ लाख ९३ हजार, नागरिक लगानी कोष  ९७ लाख १९ हजार ६९०, नेपाल बैंक लिमिटेडको ८९ लाख ९२ हजार ४९५ बराबरको शेयर कारोवार भयो । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर