• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

'डोटेली जनताका सुखका दिन आयो'– प्रधानमन्त्री

डोटी । प्रधानमन्त्री एव नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले आज सहजपुर–बोगटान सडक कालोपत्रको शिलान्यास गरेका छन् ।

डोटीको बिपिनगरमा आज आयोजना गरिएको सो सडक शिलान्यास समारोहमा प्रधानमन्त्री ओलीले बोगटानलगायत समग्र डोटेली जनताका सुखका दिन आएको बताए । 

उनले भने, “अब तपाईंहरुको घरछेउमै पिच सडक हुनेछ, आफूले सक्ने खालको व्यवसाय गर्नुहोस, व्यापारी तपाईंकै घरमा पुग्नेछन् ।” प्रधानमन्त्री ओलीले अहिलेको सरकार ५ वर्षसम्मका लागि भएकाले विकासका काम गर्नमा कुनै कसर बाँकी नराख्ने धारणा राखे । 


कच्ची सडक शिलान्यास भएको ३३ वर्षपछि यस सडक कालोपत्र गर्ने कार्यको शुरुआत भएको हो । उक्त आयोजनालाई सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश गौरवको आयोजनाका रुपमा छनोट गरेको छ । उक्त सडक कैलालीको सहजपुरदेखि डोटीको बडिकेदारसम्म ५० किलोमिटर रहेको छ ।

यस सडक कालोपत्रका लागि रु दुई अर्ब पाँच करोड बजेट विनियोजन गरिएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर