• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

पूर्वाधार निर्माणमा ढिलाई भएकाले राष्ट्रिय खेलकुद प्रतियोगीता समयमा हुन नसकेको खेलकुद मन्त्रालयको तर्क

काठमाठौं । १३ औं दक्षिण एशियाली खेलकुद (साग) प्रतियोगीता आयोजनाका लागी नयाँ मिति निर्धारण गर्न खेलकुद मन्त्रालयले एसियन ओलम्पीकसंग आग्रह गर्ने भएको छ ।

सिंहदरबारमा मंगलबार बसेको शिक्षा समिति बैठकमा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले  आगामी मार्च २ मा थाईल्याण्डमा बस्ने बस्ने बैठक ओलम्पीक कमिटीको बैठकमा नयाँ मिति निर्धारण गर्ने जानकारी दिए । उनले दशरथ रंगशालको निर्माणको कामलाई हेरेर नयाँ मिति निर्धारण हुने जानकारी पनि दिए ।

आठौं राष्ट्रिय खेलकुद प्रतियोगीताको पनि छिटै मिति किटान हुने भन्दै उनले भने, 'आठौं राष्ट्रिय खेलकुद प्रतियोगीताको पूर्वाधार निर्माण कार्य पनि अन्तिम चरणमा पुगेको छ , दाङ,कपिलवस्तु र रुपन्देहीमा पूर्वाधारका काम सम्पन्न हुने दिशातर्फ रहेको छ । त्यस्तै राष्ट्रिय खेलकुद प्रतियोगीता सञ्चालन निर्देशीका २०७५ यसघि नै निर्माण भईसकेको भन्दै सोही निर्देशीकाका आधारमा प्रतियोगीताको तयारी भईरहेको समितिलाई जानकारी गराउछु ।'

मन्त्री विश्वकर्माले आगामी दुई दुई बर्षमा सातवटै प्रदेशमा चक्रिय प्रणालीमा आयोजना सञ्चालन गर्ने र पूर्वाधार निर्माणमा सरकारको ध्यान रहको बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर