• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

तिलोत्तमा गोल्डकप : नेपाल पुलिस क्लव सेमिफार्ईनलमा

बुटवल । बुटवलको देवीनगर स्थित फिफा टेक्निकल सेन्टरको खेल मैदानमा जारी २१ औं तिलोत्तमा गोल्ड कप फूटवलमा समुह ‘ख’ बाट नेपाल पुलिस क्लव सेमिफाईनलमा प्रवेश गरेको छ ।

मंगलबार युनाईटेड दार्जिलिङ् भारतसंग भएको दोस्रो क्वाटर फाईनल खेलमा २ शुन्यको गोल अन्तरले जित हासिल गर्दे नेपाल पुलिस क्लव सेमिफाईनलमा प्रवेश गरेको हो ।

सुरुवाती समयदेखि नै प्रतिस्पर्धाका बिच भएको खेलको पहिलो हाफको अन्तिम मिनेटमा पुलिसका रवि पासवानले बल एक्लै अगाडी बढाएर गोल गरि टिमलाई अग्रता दिलाएका थिए ।

एक गोलले पछाडी परेको दार्जिलिङ् युनाईटेड भारतले ६८ औं मिनेटमा अर्को गोलको सामना गर्नु पर्यो ।  एक गोलले अग्रता लिएको नेपाल पुलिसको टिमबाट रवि पासवानको पासमा मिलन राईले दोस्रो गोल गरेका थिए । 

प्रतिस्पर्धामा विपक्षि पुलिसले अग्रता कायम गरेका कारण दवावमा परेको दार्जिलिङ् युनाईटेडले पटक पटक पाएका अवसर समेत गुमाउनु परेको थियो ।
मंगलबारको खेलमा नेपाल पुलिस क्वलका रवि पासवान म्यान अफ द म्याच भएका छन् । उनलाई आयोजक जिल्ला फूटवल संघ रुपन्देहीले १० हजार रुपैंया पुरस्कार प्रदान गरेको छ ।

बुधबार समुह ‘क’ बाट पहिलो चरणमा एपिएफलाई पाखा लगाएको झापा ११ र दाफिन्स एपफसी क्यामरुन बिच तेस्रो क्वाटर फाईनलको खेल हुने आयोजक जिल्ला फूटवल संघ रुपन्देहीले जनाएको छ । यस अंगाडी सुनसरी ११ लाई पाखा लगाउँदै समुह ‘क’ बाट आयोजक लाली रुपन्देही ११ सेमिफाईनलमा प्रवेश गरेको छ । बुधबारको विजेताले आयोजकसंग सामना गर्नुपर्नेछ । 
 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर