• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

नयाँ योजनाले मात्र समृद्धिको ढोका खुल्ने भट्टराईको तर्क

रुकुम(पूर्व) । नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले नयाँ योजनाले मात्र समृद्धिको ढोका खुल्ने बताएका छन् ।

नयाँ शक्ति नेपालले शुरु गरेको ‘असल राजनीति र समावेशी विकासका लागि जनसंवाद यात्रा’ अभियानअन्तर्गत मंगलबार रुकुमकोटपुगेका उनले स्रोत र साधनले भरिपूर्ण मुलुकमा नयाँ सोच र योजनाका साथमा अगाडि बढे समृद्धि धेरै टाढा नरहेको उल्लेख गरे ।

पुष्पलाल राजमार्ग सबैभन्दा बढी विकसित भएको उल्लेख गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका भट्टराईले उक्त राजमार्गले समृद्धिको ढोका खोलिसकेको जनाए।

“विकास निर्माण राजनितिसँग जोडिएको हुन्छ”, उनले भने , “भ्रष्टाचार र अनियमितता भयो भने विकास हुनै सक्दैन ।” 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर