• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

प्रम ओलीले ‘ डेपुटी कमाण्डर अनन्त’लाई जनसेनाको क्याम्प देखाएपछि

बविन शर्मा । 
स्थान : श्री एयरलाईन्स नाईन एम–ए एम ए हवाइजहाज ।
समय : मंगलबार, मध्यान्न १ः३० ।
काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाईन्सको हवाईजहाज नाईन एम–ए एम ए मध्यान्न साँढे १ बजेतिर सुर्खेतमाथिको आकाशमा उडिरहेको थियो । जहाँजको दायाँ पट्टीको सवैभन्दा अघिल्लोे सिटमा बसेका थिए प्रधानमन्त्री केपी शर्मा ओली । उनीसँगै थिए नेकपाका महासचिव विष्णु पौडेल । बायाँ पट्टी थिए ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन र भौतिक पूर्वाधार मन्त्री रघुबीर महासेठ । 

काठमाडौंबाट उडेको केही समय प्रधानमन्त्री लगायतले सुरक्षा सम्बन्धी ब्रोसर र म्यागजिन अध्ययन गर्न लागे । जहाँजले उचाई लिईसकेपछि मन्त्री पुनले हवाईजहाजबाटै प्रधानमन्त्री ओलीलाई रोल्पा, प्युठान र आसपासका जिल्लाहरुको भुगोल चिनाएका थिए । हवाईजहाजले बेग लिइरहेको थियो । मौसमको उतारचढावका कारण एयर होस्टेजले सचेत रहन सूचना दिइन् । मन्त्री पुन आफ्नै सिटमा फर्किएर सिटको पेटी बाँधे र पत्रिका पल्टाउन थाले ।

जहाँज फेरी स्थिर गतिमा उड्न थाल्यो । महाचिव पौडेलले मन्त्री पुनतर्फ फर्कदै बोलाउन थाले । पौडेललाई प्रधानमन्त्री ओलीले बोलाउन लगाएका थिए । मन्त्री पुन उठेर प्रधानमन्त्रीको सिट अगाडि पुगे । 

संभवत प्रधानमन्त्रीलाई भौगोलिक अवस्थाबारे थप जानकारी गराउनु परेको अनुमान मन्त्रीपुनको थियो । तर, प्रधानमन्त्री ओलीले मन्त्री पुनलाई तत्कालिन जनमुक्ति सेनाले प्रयोग गरेको क्याम्प (माओवादी सेनाका लडाकुको शिविर) देखाउन बोलाएका रहेछन् । 

सेना समायोजन पूर्व तत्कालीन जनसेनाको छैटौं डिभिजन कार्यालय सुर्खेतको दशरथपुरस्थितमा बसेको थियो । सोही क्याम्पलाई हवाईजहाजबाट तत्कालिन जनसेनाका डेपुटिकमाण्डर अनन्तलाई देखाउन प्रधानमन्त्री ओलीले बोलाएका थिए । प्रधानमन्त्री ओलीले मन्त्री पुनलाई तत्कालिन अवस्थाको पुर्नताजगी गराएको विषय महासचिव पौडेलले सुनाएपछि जहाँजमा हाँसोको फोहरा छुटेको थियो ।

प्रधानमन्त्री ओली सूचना र जानकारी राख्ने र आफुले एक पटक चिनेको वा थाहा पाएको कुरा हत्तपत्त विर्सदैनन् । ठट्यौंली शैलिमा ओलीले अनन्तलाई दशरथपुर व्यारेक देखाएको प्रशंगले उनको तिक्ष्ण स्मरण शक्ति र यात्रालाई रमाईलो बनाउदै ज्ञान हाँसिल गर्ने, ज्ञान बाड्ने गज्जबको शैलीको झल्को दिन्थ्यो । 
जनसेनाको तत्कालिन दशरथपुर क्याम्प हेरिसकेपछि मन्त्री पुनले प्रधानमन्त्री ओलीलाई त्यसपछिका भौगोलिक अवस्थितिहरुको समेत हवाईजहाजको झ्यालबाट देखाउँदै जानकारी गराएका थिए । 

प्रधानमन्त्री ओली सहितको ठूलो टिम धनगढी हुंदै डडेल्धुरामा मंगलबार भएको स्याउले सबस्टेशन उद्घाटन र डोटीमा सडक शिलान्यासका लागि गएको थियो । बुधबार प्रधानमन्त्री ओलीले सुदुरपश्चिम प्रदेश संसदलाई सम्बोधन गर्ने कार्यक्रम छ भने मन्त्री पुन मन्त्रालय माताहतका विभिन्न कार्यक्रमहरुमा सहभागि हुने उनका स्वकीय सचिव सन्तोष पुनले समाचार दैनिकलाई बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर