• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

गण्डकी मेडिकल कलेजका विद्यार्थी र त्रिविको टोलीबिच छलफल

कास्की । कास्कीको गण्डकी मेडिकल कलेजले सरकारले तोकेको भन्दा बढी शुल्क विद्यार्थीबाट असुलेको भनेका आन्दोलनरत विद्यार्थी र त्रिभुवन विश्वविद्यालयको अनुगमन टोलीबिच छलफल भएको छ । 

विगत २१ दिनदेखि अनशन बस्दै आएका आन्दोलनरत विद्यार्थीका मागका सम्बन्धमा यथार्थ बुझ्न त्रिभुवन विश्वविद्यालयको अनुगमन टोली पोखरा पुगेको हो । अनुगमन निर्देशनालय त्रिभुवन विश्वविद्यालयका डा.पुष्करसिंह घाइखोला, डा.ओम बराल र बाबुराम दाहालको टोली, गण्डकी मेडिकल कलेजका आन्दोलनरत विद्यार्थी  र कलेज प्रशासनसँग छलफल गर्ने भएको छ ।

टोलीले आन्दोलनरत विद्यार्थी पक्षसँग एक चरण अनौपचारिक छलफल गरिसकेको विद्यार्थी मनिष भट्टराईले जानकारी दिए । छलफलमा विद्यार्थीले कलेजले बिना शीर्षकमा सादा कागजमा हस्ताक्षर गरेर वार्षिक प्रति विद्यार्थीबाट ७५ हजारदेखि माथि १ लाख ५० हजारसम्म रकम लिँदै आएको गुनासो गरेका छन् । 

अनुगमन टोलीले बुधबार विद्यार्थीलाई प्रमाण सहित छलफलमा पेश हुन समय दिएको विद्यार्थीले बताए । कलेजले लिँदै आएको बढी शुल्क फिर्ता गर्नुपर्ने मागसहित विद्यार्थी विगत ११ दिनदेखि कलेजको पृथ्वीचोकस्थित शिक्षण अस्पताल प्राङ्गणमा रिलेअनसन जारी राखेका छन् । 

त्यस्तै, अस्पतालको ओपिडी सेवामा समेत तालाबन्दी हुँदा उपचार सेवा प्रभावित भएको छ । विद्यार्थीले चार पटकसम्म कलेज प्रशासनसँगको वार्ता असफल बने त्रिविमा गुनासो दर्ता गराएका थिए । माग पूरा नभएसम्म परीक्षासमेत नदिने अडान विद्यार्थीले राखेका छन् । 

एमबिबिएस तेस्रो ब्याचको अन्तिम परीक्षा आउँदो फागुन १२ गतेभएपनि सो ब्याचका ८३ जना विद्यार्थी परीक्षा फर्म भरेका छैनन् । दोब्बर दस्तुर सहित आइओएमले विद्यार्थीलाई परीक्षा फर्म भर्ने समय फागुन ९ गते बिहीबारसम्म दिएको छ ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर