• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

रहेनन् साहित्यकार रेग्मी 

काठमाडौं । वरिष्ठ साहित्यकार, साहित्यिक पत्रकार एवं अन्वेषक शिव रेग्मीको बुधबार दिउँसो ७८ वर्षको निधन भएको छ । विक्रम संवत् १९९८ असोज १ मा काठमाडौंमा जन्मिएका रेग्मीलाई बुधबार सुतेको केहीबेरमा श्वास फेर्न असजिलो भएपछि उपचारार्थ काठमाडौं मेडिकल कलेजमा भर्ना गरिएको थियो । उपचारका क्रममा उनको निधन भएको नेपाल साहित्यिक पत्रकार सङ्घका निवर्तमान अध्यक्ष रोचक घिमिरेले जानकारी दिए। 

चिनी र उच्च रक्तचापबाट पीडित भए पनि उनमा खासै कुनै समस्या नभएको र ब्रेनहेमरेजका कारण उनको निधन भएको जानकारी अस्पतालले दिएको उनले बताए । स्व रेग्मीको बुधबारै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । 

‘नेपालमा आम सञ्चारको विकास ,२०५८’ नामक कृति प्रकाशित छन् । ‘भूपि शेरचनका कविता’, ‘गोरखापत्र सय वर्षका १०१ कथा’, ‘शारदाका सम्पादकीय विचारहरु’, ‘नेपाली क्रान्तिकको भूमिकै भूमिका’, ‘शङ्कर लामिछानेका निबन्ध’, ‘गोरखापत्रका १०१ निबन्ध’, ‘कमल दीक्षितको दुष्टि ः दृष्टिकोण’ आदि उनीद्वारा सम्पादित कृति प्रकाशित छन् । उनी गोरखादक्षिण बाहु र त्रिशक्ति पटबाट विभूषित भएका थिए । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर