एकैदिन नेप्सेमा १ करोड ८० लाखभन्दा बढी कित्ता सेयर थपियो, कुन कम्पनीको कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा चार कम्पनीको सेयर सुचीकृत भएको हो । बिहीबार चार कम्पनीको १ करोड ८० लाख ७१ ह्जार ८६७.३० कित्ता सेयर सुचीकृत भएको हो । 
आज एनआइसि एशिया बैंक र चिलिमे जलविद्युत कम्पनीको बोनस साथै सेञ्चुरी कमर्सियल बैंक र किसान माइक्रोफाइनान्सको हकप्रद सेयर सुचीकृत भएको हो । 

सेञ्चुरी कमर्सियल बैंकको १८ लाख ७० हजार २ सय ७४ कित्ता सेयर नेप्सेमा थपिएको हो । त्यस्तै किसान माइक्रोफाइनान्सको २ लाख ४० हजार २ सय ५० कित्ता हकप्रद नेप्सेमा सुचीकृत भएको छ । 

यता, आजै एनआइसि एशिया बैंकको बोनस पनि सुचीकृत भएको छ । बैंकको ८० लाख ३१ हजार ११७ कित्ता सेयर सुचीकृत भएको हो । त्यसैगरी, चिलिमे जलविद्युत कम्पनीको ७९ लाख ३० हजार २२६.३० कित्ता सेयर थप भएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर