• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

नेपालको हावापानीमा लोभिन्छन् विदेशी कामदार

नेपालमा ७१ देशका श्रमिक

नेपालको हावापानी रहनसहन र वातावरण स्वच्छ भएकै कारण कमाइ थोरै भए पनि नेपालमा काम गर्न आएको कवाडी सामान संकलन गर्दै गरेका भारतीय मुलका इदिम महमदले बताए । उनले नेपालमा कामदार भएर बिताएको  १४ वर्ष भयो । भारतको विहार राज्य घर भए पनि नेपालमा कवाडी संकलन गरेर मासिक नेपाली ५० हजार कमाउने गरेको बताउँछन् । उनीसँगै उनकै छिमेकी ७ भाइ पनि झापा र इलाममा दैनिक  सिरक छाप्ने र पहाडी गाउँ लगेर बेच्ने काम गर्छन् । 

खुला सीमानाकाका कारण सहजै नेपाल आउन सकिने भएकाले भारतीयका लागि नेपाल सहज श्रम गन्तव्य बनेको छ । नेपालका विभिन्न कलकारखाना, होटल, प्रतिष्ठान, विकासे आयोजना, कार्यालयमा ठूलो संख्यामा भारतीय श्रमिक कार्यरत् छन् ।

उनीहरुजस्ता श्रमिक नेपालमा धेरै छन् ।  पछिल्लो समय नेपालमा श्रम स्वीकृति लिएर काम गर्न आउने विदेशी कामदारको संख्या बढ्दो छ । तर, नेपालमै रोजगारीको अवसर नपाएको भन्दै विदेश जाने कामदारको संख्या पनि घटेको छैन । वैदेशिक रोजगारसँग सम्बन्धित सेवालाई विकेन्द्रित गर्दै लगेको सरकारले प्रदेश १ को अस्थायी राजधानी विराटनगरबाट पनि गत माघ २३ गतेबाट श्रम स्वीकृति दिन थालेको छ । श्रम कार्यालयबाट प्रारम्भिक चरणमा पुनः श्रम स्वीकृति प्रदान गर्ने, वैदेशिक रोजगारीसम्बन्धी इजाजत पाएका संस्था र तालीम एवं अभिमुखीकरण संस्थाको अनुगमन तथा नियमन सुरु गरेको हो । 

सरकारले वैदेशिक रोजगारीमा जाने कामदारको सहजताका लागि प्रदेशबाटै पुनः श्रम स्वीकति प्रदान गर्ने निर्णय यस अघि नै गरिसकेको छ ।  मन्त्रालयले पहिलो चरणमा गत पुस १५ गतेदेखि प्रदेश २ को श्रम तथा रोजगार कार्यालय जनकपुर र प्रदेश ५ को बुटवलबाट पुनः श्रम स्वीकृतिलगायत वैदेशिक रोजगारसँग सम्बन्धित सेवा उपलब्ध गराएको छ । त्यस्तै गत पुस २५ गतेदेखि गण्डकी प्रदेशको श्रम तथा रोजगार कार्यालयबाट पनि श्रम स्वीकृतिलगायत यससँग सम्बन्धित सेवा प्रदान गर्न थालिएको छ ।  

पुस २९ गतेदेखि कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट पनि श्रम स्वीकृतिलगायत सेवा प्रदान गर्न सुरु गरिसकेको छ । त्यसैगरी सरकारले यही माघ ११ गतेदेखि सुदूरपश्चिम प्रदेशको धनगढीबाट समेत वैदेशिक रोजगारसँग सम्बन्धित सेवा प्रदान गर्न थालेको छ । 

कामदारका लागि सहज गन्तव्य
नेपालमा ठूलो संख्यामा भारतीय नागरिकहरु विना श्रम स्वीकृति कार्यरत् छन् । खुला सीमानाकाका कारण सहजै नेपाल आउन सकिने भएकाले भारतीयका लागि नेपाल सहज श्रम गन्तव्य बनेको छ । नेपालका विभिन्न कलकारखाना, होटल, प्रतिष्ठान, विकासे आयोजना, कार्यालयमा ठूलो संख्यामा भारतीय श्रमिक कार्यरत् छन् । यस अघिसम्म भारतीय कामदारको अभिलेख राख्ने चलन थिएन । श्रम नियमावली २०७५ मा भारतीय कामदारको पनि अभिलेख राख्ने र श्रम स्वीकृति लिनुपर्ने व्यवस्था गरिएको छ । 

दैनिक सयौं संख्यामा विदेशी श्रम बजार पुगिरहेका नेपालीको तुलनामा थोरै भए पनि ७१ मुलुकका नागरिक श्रम स्वीकृति लिएर नेपालमा काम गरिरहेका छन् ।  पछिल्लो सर्वेक्षण २०७४/७५ का अनुसार करिब ४३ लाख नेपाली युवा रोजगारीका लागि विदेशी श्रमबजारमा पुगेका छन् ।

यस अघिसम्म विभागले कुन देशबाट कुन काममा लागि कति कामदार आएका छन् भन्ने अभिलेख राखेका थिएनन् । कतिपय ठाउँमा विदेशी नागरिकले श्रम स्वीकृति नलिई पनि काम गरेका हुन सक्छन् । 

भारतीय कामदारबाहेक तेस्रो देशबाट रोजगारी खोज्दै नेपाल आउने विदेशी कामदारमा सबैभन्दा बढी प्राविधिक इन्जिनियर, चिकित्सक, पाइलट, व्यवस्थापक र आयोजनाका काममा आउने विज्ञ रहेका छन् । देश संघीयतामा गइसकेको अवस्थामा विकास निर्माणले तीव्रता पाउँदा विदेशी दक्ष कामदारको संख्याका वृद्धि हुँदै जाने अनुमान गर्न सकिन्छ ।

७१ देशका श्रमिक नेपालमा 
दैनिक सयौं संख्यामा विदेशी श्रम बजार पुगिरहेका नेपालीको तुलनामा थोरै भए पनि ७१ मुलुकका नागरिक श्रम स्वीकृति लिएर नेपालमा काम गरिरहेका छन् ।  पछिल्लो सर्वेक्षण २०७४/७५ का अनुसार करिब ४३ लाख नेपाली युवा रोजगारीका लागि विदेशी श्रमबजारमा पुगेका छन् । दैनिक करीब एक हजार ७ सय नेपाली रोजगारीका लागि खाडी र मलेसिया जान्छन् । तर, नेपालमा पनि वर्षेनी सयौं विदेशी काम गर्न आइरहेका छन् । 

यीबाहेक नेपालीहरू खासै आउजाउ नगर्ने युगान्डा, मोरक्को, माडागास्कर, रोमानिया, किर्गिस्तान, भेनेजुएला, सर्विया, लाइवेरिया, क्यामरुन, चिली, कोस्टारिका जस्ता देशका नागरिक पनि श्रम स्वीकृति लिएर नेपालमा काम गर्न आएका छन् । र, यो क्रम वर्षेनि बढ्दोे छ ।

आर्थिक वर्ष २०७२/७३ मा कामकै खोजीमा नेपाल आउने विदेशी कामदारको संख्या पाँच सय ८४ र श्रम स्वीकृति नवीकरण गर्ने कामदारको संख्या चार सय ३६ मात्रै थियो । दक्ष र अनुभवी कामदार तेस्रो मुलुकबाट नेपाल आउने गरेका छन् । नेपालमा कामको खोजीमा आउने विदेशी कामदारमा भारतीय बढी छन् । 

कुन देशका कति 
नेपालमा हाल ७१ देशका दुई हजार ६ सय २७ विदेशीले श्रम स्वीकृति लिएर काम गरिरहेका छन् । त्यसमध्ये महिलाको संख्या ३ सय ६३ छ । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका अनुसार काम गर्न आएका यी विदेशीमध्ये सबभन्दा बढी एकहजार ८ सय ५५ जना चिनियाँ छन् ।

आर्थिक वर्ष २०७३/७४ मा नेपालमा काम गर्ने चिनियाँ नागरिकको संख्या ९ सय ४२ रहेकोमा २०७४/७५ मा दोब्बर बढेको छ । चिनियाँ लगानीका उद्योग र जलविद्युत परियोजनामा काम गर्न चिनियाँ प्राविधिक आउने क्रम बढेको विभागले जनाएको छ । चिनियाँपछि दोस्रो ठूलो संख्या बेलायती नागरिकको छ । १९५ जना बेलायतीले नेपालमा काम गर्नका लागि श्रम स्वीकृति लिएका छन् जसमध्ये महिला १ सय १३ जना छन् । यसैगरी श्रम स्वीकृति लिएर काम गरिरहेका अमेरिकी ८७, दक्षिण कोरियाली ४९, इटलियन ३५ जना छन् ।

यीबाहेक नेपालीहरू खासै आउजाउ नगर्ने युगान्डा, मोरक्को, माडागास्कर, रोमानिया, किर्गिस्तान, भेनेजुएला, सर्विया, लाइवेरिया, क्यामरुन, चिली, कोस्टारिका जस्ता देशका नागरिक पनि श्रम स्वीकृति लिएर नेपालमा काम गर्न आएका छन् । र, यो क्रम वर्षेनि बढ्दोे छ । अघिल्लो आर्थिक वर्ष (२०७३/७४) मा एक हजार ३ सय २४ जना विदेशीले श्रम स्वीकृति लिएकोमा यो आर्थिक वर्षमा एक हजार ६ सय ४८ जना थपिएका हुन् । यसरी नेपालमा काम गर्न आएका विदेशीहरू बहुराष्ट्रिय कम्पनी, अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, विदेशी लगानीका परियोजना, विदेशीले सञ्चालन गरेका होटल रेस्टुरालगायतमा कार्यरत् छन् ।

के छ श्रम ऐनमा ?
श्रम ऐन–२०७४ अनुसार कुनै संस्थाले कर्मचारी आवश्यकताको विज्ञापन गर्दा नेपाली नागरिकबाट दरखास्त नपरेमा वा नेपाली नागरिक छनोट हुन नसकेमा मात्र विदेशी नागरिकलाई काम गराउन पाइन्छ । त्यसका लागि सम्बन्धित संस्थाले नेपाली नागरिक छनोट हुन नसकेको प्रमाणसहित विदेशी श्रमिकलाई काममा लगाउनको लागि विभागसँग इजाजत माग गर्नुपर्छ । ऐनको दफा २२ को (४) अनुसार विभागले उक्त निवेदन उपर छानबिन गरी इजाजत दिनसक्ने व्यवस्था छ । 

अदालतबाट फौजदारी अभियोग प्रमाणित भएमा र राष्ट्रिय सुरक्षामा खलल पुग्ने देखिएमा विभागले त्यस्तो व्यक्तिको श्रम स्वीकृति जुनसुकै बेला रद्द गर्न सक्ने कानूनी व्यवस्था छ ।

त्यस्तै, काम गर्न चाहने नागरिकले पनि अनिवार्य श्रम स्वीकृति लिनुपर्छ । श्रम नियमावली २०७५ को दफा ७ मा विदेशी नागरिकलाई काममा लगाउन गृह मन्त्रालयबाट कार्य सहमति लिनुपर्ने व्यवस्था गरिएको छ । विदेशी श्रमिकलाई काममा लगाउँदा रोजगारदाताले भविष्यमा नेपाली श्रमिकलाई दक्ष बनाई विदेशी श्रमिकलाई प्रतिस्थापित गर्ने कार्ययोजना समेत पेश गर्नुपर्ने हुन्छ । 

विदेशीलाई श्रम इजाजत दिँदा विशिष्ट दक्ष प्राविधिक श्रमिक भए पाँच वर्ष र अन्यको हकमा तीन वर्षका लागि मात्र श्रम स्वीकृति दिने व्यवस्था छ । तर, विशेष परिस्थितिमा देशको शैक्षिक, सामाजिक, विज्ञान प्रविधि र गैरनाफामूलक संघसंस्थामा विशेष योगदान गरेका विदेशी श्रमिकलाई विभागले मन्त्रालयको स्वीकृति लिई बढीमा दुई वर्षका लागि श्रम स्वीकृतिको अवधि थप गर्न सक्ने व्यवस्था समेत नियमावलीमा छ । 

श्रम स्वीकृति लिएको व्यक्तिले तोकिएको बाहेक अन्य काम गरेको पाइएमा, अदालतबाट फौजदारी अभियोग प्रमाणित भएमा र राष्ट्रिय सुरक्षामा खलल पुग्ने देखिएमा विभागले त्यस्तो व्यक्तिको श्रम स्वीकृति जुनसुकै बेला रद्द गर्न सक्ने कानूनी व्यवस्था छ । तर, नेपालमा कार्यरत् विदेशी नागरिकले कहाँ, कसरी काम गरिरहेका छन् भन्ने बारेमा विभागले अनुगमन गरेको पाइँदैन । 
 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर