• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

महिला भलिबलकोे उपाधि काठमाडौंलाई

दोलखा । प्रदेशन नं ३ स्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि काठमाडौंले हात पारेको छ । 

आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता २०७५ को राष्ट्रिय महिला भलिबल टिम छनोटका लागि भएको फाइनल खेलमा काठमाडौँले चितवनलाई २५–१०, २५–१७ र २५–१९को सोझो सेटमा हराउँदै जित हात पारेको हो । 

बुधबारबाट शुरु भएको भलिबल प्रतियोगिता आज सम्पन्न भएको छ । काठमाडौंकी प्रतिभा माली खेलकै सर्वोत्कृष्ट खेलाडी बनेकी छिनु । प्रतियोगिताको तेस्रो स्थानका लागि भएको खेलमा ललितपुरलाई रामेछापले २१–२५, २५–१४ र २५–१९ को सेटमा हराएको छ । रामेछापकी प्रेममाया लामा सर्वोत्कृष्ट खेलाडी बनेकी छिन् । प्रदेश खेलकूद परिषद् प्रदेश नं ३ को आयोजनामा भएको सो प्रतियोगितामा प्रदेशका १२ जिल्लाको सहभागिता रहेको संयोजक उमेश केसीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर