• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

वामपन्थि नेता कृष्णदास श्रेष्ठको निधन

काठमाडौं । वामपन्थि नेता तथा लेखक कृष्णदास श्रेष्ठको मृत्यु भएको छ । उनको ८७ वर्षको उमेरमा निधन भएको हो । लामो समयदेखि चीसोले हुने छातीको रोग ब्रोङक्राइट्सबाट पीडित हुँदै आएका नेता श्रेष्ठको शनिबार निधन भएको हो ।

श्रेष्ठ लामो समयदेखि वामपन्थि राजनीतिमा सक्रिय थिए । कम्युनिष्ट पार्टीको नेता र चिन्तकको रुपमा रहि सकृय हुँदै आएका क.कृष्णदास श्रेष्ठ नेपालको क्रान्तिकारी कम्युनिष्ट आन्दोलनका नेता समेत हुन् । उनी नेपाल कम्युनिष्ट पार्टीबाट कम्युनिष्ट पार्टीको सदस्यता प्राप्त गरी उनले नेकपा मालेमा केन्द्र हुँदै ने.क.पा –माओबादी र एमाओबादी र ने.क.पा.– क्रान्तिकारी माओबादीमा केन्द्रिय सल्लाहकार समितिको रहेर समेत काम गरेका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर