• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

डीपीएल ३ को विजेता बन्यो सिवाइसी अत्तरिया

महेन्द्रनगर यूनाइटेड ३ विकेटले पराजित

काठमाडौं । धनगढी प्रिमियर लिग (डीपीएल) को तेस्रो संस्करणको विजेता सिवाइसी अत्तरिया बनेको छ । महेन्द्रनगर यूनाइटेडलाई ३ विकेटले पराजित गर्दै अत्तरिया पहिलो पटक डीपीएल च्याम्पियन बनेको हो ।

महेन्द्रनगरले दिएको १ सय २४ रनको लक्ष्य अत्तरियाले अन्तिम बल बाँकी रहँदा ७ विकेट गुमाएर भेट्टाएको थियो । उपाधिसँगै अत्तरियाले ३० लाख नगद पाएको छ। यस्तै उपविजेता महेन्द्रनगरले १२ लाख पाउनेछ । 

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको महेन्द्रनगरले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १ सय २३ रन बनायो । महेन्द्रनगरका दीलिप नाथले ४३ रन जोडे । ४१ बलको सामना गरेका उनले ५ चौका र १ छक्का प्रहार गरे। यस्तै कुशल मल्लले २५ तथा रोहित पौडेलले २४ रन बनाए ।

डीपीएलको विजेताले ३० लाख तथा उपविजेताले १२ लाख पुरस्कार पाउनेछ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर