• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

नयाँ राष्ट्रपति चयनका लागि नाइजेरियामा मतदान 

दाउरा । नाइजेरियामा नयाँ राष्ट्रपति चयनका लागि शनिबार निर्वाचन भएको छ । 

अघिल्लो हप्ता नै मतदान गर्ने तय भएपनि एक हप्ता पछाडी सारिएर यो शनिबार मतदान भएको हो । निर्वाचनका लागि देशभरी एक लाख २० हजार मतदान केन्द्रहरु तय गरिएको छ । उक्त निर्वाचनको मतदान विहान ७ बजेबाट सुरु भएको थियो । 

निर्वाचनको अन्तिम नतिजा अर्को हप्तासम्ममा आइसक्ने अनुमान गरिएको छ । नयाँ राष्ट्रपति चार बर्षका लागि चुनिने छन् । वर्तमान राष्ट्रपति मुहम्मद बुहारीले आफ्नो गृहनगर दाउरामा मतदान गरेर मतदानको सुरुवात गरेका छन् ।

मतदानपछि उनले पत्रकारहरुसँग भने, ‘मैले मलाई नै बधाई दिएको छु, किनकी मैले निर्वाचन जित्ने निश्चित छ ।’ उनका मुख्य प्रतिश्पर्धी ७२ बर्षका अतिकु अबुबाकर हुन् । 

निर्वाचनबाट प्रतिनिधि सभाका लागि ३६० जना निर्वाचित हुने छन् भने १०९ जना सिनेटर निर्वाचित हुनेछन् । निर्वाचनमा ६५ सय उम्मेदवार रहेको निर्वाचन आयोगले जनाएको छ । 

कडा सुरक्षा व्यवस्था र केही हिंसात्मक घटनाहरुका बीचमा नाइजेरियामा लामो समयपछि निर्वाचन हुन लागेको हो । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर