• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

प्रेसलाई हस्तक्षप गर्न रोक्नु पर्दछ – देउवा

पोखरा । नेपाली कांग्रेसका सभापति तथा पुर्वप्रधानमन्त्री शेरवहादुर देउवाले केपी शर्मा ओली नेतृत्वको सरकारले जनतामा चिप्ला र ठूला कुरा गर्ने तर काम केही पनि नगर्ने गरेको बताएका छन् ।

प्रेस युनियन कास्कीको नवौ जिल्ला अधिवेशनको शनिबार पोखरामा उद्घाटन गर्दै सभापति देउवाले केपी नेतृत्वको सरकार हरेक क्षेत्रमा असफल र लोकतन्त्रको रक्षा गर्न नसकेको आरोप लगाए । उनले सरकारले प्रेसलाई हस्तक्षप गर्ने गरि विधयक ल्याउन लागेको भन्दै पत्रकारीलाई स्वतन्त्र रुपमा छाड्नु पर्ने बताए ।

वर्तमान सरकारले विभिन्न वहानामा प्रेस स्वतन्त्रता माथि अंकुश लगाउन सुरु गरेको उनको भनाई थियो । लोकतन्त्र स्थापनामा प्रेसको भूमिका महत्वपूर्ण रहेका छ, लोकतन्त्रमा प्रेस स्वतन्त्र हुन्छ, काँग्रेस सधै प्रेस स्वतन्त्रताको पक्षमा उभिन्छ, नेता देउवाले भने—प्रेस र लोकतन्त्रवादी शक्तिहरु वर्तमान अवस्थामा पनि अधिकारका लागि एक हुनु पर्ने बताए ।

संविधान विपरित चल्न थालेपछि लाकेतन्त्रको पक्षमा आम जनता लड्नु पर्ने बेला आउन सक्ने उनको भनाई छ । कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष एवं बरिष्ठ पत्रकार हरिहर विरहीले प्रेसलाई व्यवस्थित गर्ने नाउँमा प्रेस स्वतन्त्रतालाई नै कुण्ठित गर्ने काम बर्तमान सरकारले गरिरहेको बताए । सोही अवसर नेता देउवाले विधिन्न क्षेत्रबाट पत्रकारीमा योगदान दिएका व्यक्तिहरुलाई सम्मान गरेका थिए । नयाँ नेतृत्व चयन गर्दै प्रेस युनियन कास्कीको अधिबेसन सकिने छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर