• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

भूमिहीन दलित चिन्तित

काठमाडौं । ‘भूमिहीन दलितलाई’ जग्गा उपलब्ध गराउन कुनै सुरसार नदेखिएपछि दलित चिन्तित देखिएका छन् । ‘भूमिसम्बन्धी (सातौं संशोधन) ऐन २०७५’ ले भूमिहीन दलितलाई एकपटकका लागि तोकिएबमोजिम जमीन उपलब्ध गराउनुपर्ने विषय उल्लेख गरेको छ । 

नेपालको संविधानको मौलिक हक कार्यान्वयन गर्न संसद्बाट पहिलोपटक तोकिएबमोजिम जमीन उपलब्ध गराउने ऐन पारित गरेको थियो । ऐनले जग्गा उपलब्ध गराउन सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी आयोग समिति वा कार्यदल गठन गर्न सक्ने प्रावधान छ । 

ऐन पारित भएको झण्डै छ महीना पुग्नलाग्दासमेत समिति वा कार्यदल गठन नहुनुले आफू चिन्तित भएको भूमिहीन दलित पदम विश्वकर्माले बताए । ‘भूमिसम्बन्धी (सातौं संशोधन) ऐन २०७५’ यसै वर्षको भदौ ३० र ३१ मा संसद्को दुवै सदनले संशोधनसहित पारित गरेको थियो । 

नामसारी र अंशवण्डाबाहेक अरु कसैलाई हक हस्तान्तरण गर्न नपाइने गरी पारित गरिएको उक्त ऐन बनेको तीन वर्षभित्रमा भूमिहीन दलितलाई जग्गा वितरण गरिसक्नुपर्ने उल्लेख छ । संविधानको मौलिक हक कार्यान्वयन गर्न सरकारले एकपटकका निम्ति भूमिहीन दलितलाई तोकिएबमोजिम जमीन उपलब्ध गराउन सो ऐन ल्याएको हो । 

कृषि मजदूर, भूमिहीन र सीमान्तकृत, मझौला र कृषि क्षेत्रमा संलग्न किसानको हातमा जमीन छैन । छैटाँै कृषि गणना २०६८ मा एक लाख १६ हजार व्यक्तिले आफ्नै जमीन नभएका कारण कृषि पेशा गर्न नपाएको उल्लेख छ । गणनामा ७१ प्रतिशत जनता पूर्णकालीन कृषक रहेकामा ८३ प्रतिशत जनता कृषि पेशामा आत्मनिर्भर रहेको जनाएको छ । ४२ प्रतिशत कृषकले कृषि गर्न ऋण उपलब्ध नभएको उल्लेख छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर