• मंगलबार २-७-२०७६/Tuesday 05-21-2019/ 10:54 pm

एक महीनादेखि मार्तडी–कोल्टी सडक अवरुद्ध

बाजुरा । लगातारको हिमपातसँगै वर्षाका कारण एक महीनादेखि मार्तडी–कोल्टी सडक अवरुद्ध भएको छ । 

सडक अवरुद्ध हुँदा दैनिक उपभोग्य वस्तुको अभाव हुनुका साथै आवतजावतमा समेत निकै समस्या भएको छ । गत माघबाट शुरु भएको हिउँदे वर्षा र हिमपातले मार्तडीदेखि पूर्वीउत्तर क्षेत्रका चार स्थानीय तहसँगै छिमेकी जिल्ला हुम्ला र मुगुका केही स्थानीय तहका जनतालाई समेत समस्या भएको र दैनिक उपभोग्य वस्तुको समेत अभाव हुन थालेको कोल्टीका व्यापारी ब्रतराज उपाध्यायले जानकारी दिए ।

बडिमालिका नगरपालिका र बूढीनन्दा नगरपालिको बीचमा पर्ने पोरखेलेकमा बारम्बार हिउँ जमेपछि सडक अवरुद्ध हुँदा आवतजावत गर्न समस्या भएको सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र मल्लले बताए । लगातार हिमपात र वर्षाकै कारण मार्तडी–घटमुना सडक पनि फाटफुटबाहेक नियमित यातायात सञ्चालन हुनसकेको छैन । लगातार पानी परेकाले कच्ची सडक हिलाम्मे भएर यातायात सञ्चालनमा समस्या भएको जिल्ला प्रहरी कायालयले जनाएको छ । 

माघयता पटक–पटक गरेर सात पटक बढी हिमपात र वर्षा भइसकेको छ । लगातारको हिमपात र वर्षाका कारण जिल्लाको जनजीवन पनि अस्तव्यस्त बनेको छ । हिमपातका कारण बिरामी भएका व्यक्तिलाई सदरमुकाम मार्तडीसम्म ल्याउन सकस भएको छ । एक ठाउँबाट अर्को ठाउँमा जानसमेत नसकेको मार्तडीमा व्यापारी बलवीर गुरुङले बताए ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको रनवे निर्माण सम्पन्न

  • ७ जेठ, २०७६

काठमाडौं । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको रनवे निर्माणको काम सम्पन्न भएको छ । विमानस्थलको ३ किलोमिटर रनवे निर्माण सम्पन्न भएको बताइएको छ

किशोरीलाई विद्यालयमै निःशुल्क प्याड

  • ७ जेठ, २०७६

रुकुमपश्चिम । त्रिवेणी गाउँपालिका–६ मा रहेको जनशक्ति मावि विताडाँडाका छात्राका लागि निःशुल्क सेनेटरी प्याड उपलब्ध गराइएको छ ।  गाउँपालिकाले

‘नयाँ कानूहरुप्रति पत्रकार चनाखो हुनुपर्ने’

  • ७ जेठ, २०७६

बुटवल । तीनै तहका सरकारहरुले कानून बनाउने अभ्यास भइरहेका बेला नयाँ कानूूनहरु आम जनताको हितमा भए नभएको बारे पत्रकारहरु चनाखो हुुनुपर्ने