• मंगलबार १२-१२-२०७५/Tuesday 03-26-2019/ 08:29 pm

हिंसाका गतिविधि सञ्चालन गर्ने पक्षसँग वार्ता गर्नुपर्ने–उपसभापति गच्छदार

विराटनगर । नेपाली काङ्ग्रेसका उपसभापति विजयकुमार गच्छदारले मुलुकमा हिंसाका गतिविधि सञ्चालन गर्ने पक्षसँग सरकारले अविलम्ब वार्ता गर्नुपर्ने बताएका छन् ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले गोलीबाट समस्या समाधान नहुने भएकाले हिंसात्मक गतिविधि सञ्चालन गर्दै आएको नेपाल कम्युनिष्ट पार्टी ९चन्द०सँग वार्ता गर्नुपर्नेमा जोड दिएका छन् । विगतका घटनाबाट हामीले पाठ सिक्नुपर्नेमा जोड दिँदै उपसभापति गच्छदारले सम्वद्ध पक्षसँग वार्ता गरी समस्या समाधान गर्नका लागि सरकारलाई प्रतिपक्षको सहयोग रहनेछ भने ।

उनले वर्तमान दुईतिहाइ बहुमतको सरकारले जनताको पक्षमा काम गर्न नसकेको र जनताले परिवर्तनको महसुस गर्न नपाएको आरोप लगाए ।

मुलुकमा राजनीतिक परिवर्तन ल्याउन प्रतिपक्षलगायत अन्य राजनीतिक दलको ठूलो योगदान रहेको छ भन्दै उपसभापति गच्छदारले बहुमतको सरकारले मात्र सङ्घीयताको सफल कार्यान्वयन गर्न नसक्ने जिकिर गरे ।

एक प्रश्नको जवाफमा नेपाली काङ्ग्रेसले संविधानमा धर्मनिरपेक्षता स्वीकारिसकेको अवस्थामा हिन्दू राष्ट्र कायम हुनुपर्छ भन्ने धारणा नेपाली काङ्ग्रेसको आधारिक धारणा नभएको जानकारी दिँदै उनले सबै नेपाली जनताको स्वीकार्य संविधान बनाउनका लागि संविधान संशोधन आवश्यक छ भने ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

लगानी सम्मेलनबारे प्रधानमन्त्रीको निर्देशन : कुनै पनि किसिमको आतिथ्यतामा कमी नहोस्

  • १२ चैत, २०७५

काठमाडौं । सरकारले आयोजना गर्ने अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा कूल ७७ वटा परियोजनालाई ‘शो केश’ मा राखिने भएको छ ।  यही चैत १५ र १६ गते

अनियमितता रोक्न सहकारीमा विद्युतिय प्रणाली

  • १२ चैत, २०७५

काठमाडौं । काठमाडौँ महानगरपालिकाको सहकारी विभागमा अनियमितता गरेको उजुरी बढेपछि विद्युतीय प्रणाली शुरु गरिएको छ । सेवाग्राहीमा परेको समस्या समाधान

जन्मदिन पारेर ‘रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठान’ स्थापना गरिने

  • १२ चैत, २०७५

काठमाडौं । ताप्लेजुङको तारेभिरमा भएको हेलिकप्टर दुर्घटनामा दिवङ्गत भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको स्मृतिमा