• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

८० वर्ष पुगेका वृद्धवृद्धालाई सम्मान !

चितवन । चाउरी परेका गाला, एक हातमा सानो लौरीको साहारा अर्काे हातको पाखुरी नातीले समाएर डोराउदै गर्दा ९४ वर्षका धनप्रसाद ढकालको अनुहार उज्यालो भएको छ । विस्तारै साहर खोज्दै कुर्सीमा अडेस लागेर बसेका ढकालको आँखा अगाडी मञ्चमा दौडीन्छ । 

अगाडी रहेका सबैलाई हेर्न खोज्छन् तर आँखा कमजोर भएर मेसो पाउदैन्न । वरपर सबै आफ्नै उमेरका । कुरा गर्न खोज्छन् कोही कान सुन्दैनन् त कोही अाँखा  देख्दैनन् । कोही बसेकै कुर्चीमा अडेस लागेर बसेका छन् त कोही ह्वील चियरमा । यो द्रश्य हो भरतपुर महानगरपालिका वडा नम्बर ७ ले आयोजना गरेको जेष्ठ नागरिक सम्मान कार्यक्रमको ।

ढकाल अगाडी भन्छन्, यो नै पहीलो सम्मान होईन नानी थुप्रै छन् । तर  आज धेरै खुसी लागेको छ । छेउमा रहेकी आफु भन्दा दुई वर्ष जेठी श्रीमती तर्फ हेरेर हास्दै धनबहादुर भन्छन् ‘सबैका छोरा छोरीले बाउआमालाई मिठो वोले यो केही पनि चाहीदैन्’ ।

सम्मन कार्यक्रममा सहभागि अधिकाशं जेष्ठ नागरिकको अनुहार बिहानको घाम जस्तै उज्यालो भएको थियो । सहभागि वृद्धवृद्धाहरु वडाले डाडा माथिको घाम भएका जेष्ठ नागरिकलाई सम्झेकोमा खुसी थिए । ८४ वर्षकी रुक्मीणी पोख्रेल घरि घरि छेउमा रहेको नातिलाई हेर्दै आफ्नो काखमा रहेको प्रमाण पत्र दरो संग समाउदै भन्छीन् पहिला यसरी नै छोरोलाई काखमा राखेको थिए आज तिनै छोराहरुले यस्तो दिए । खुसी लागेको छ । उनी दुई वटा मात्रै बाकी रहेका दात देखाउँदै हास्छीन् । 

वडा नम्बर ७ ले आफ्नो वडामा रहेका ८० वर्षका उमेर कटेका वृद्धवृद्धाहहरुलाई सम्मान गरेको छ । चरेशको थाल, खादा र प्रमाणपत्रले सम्मान गरीएको थियो । वडामा रहेका १ सय ७० जना आमा बुबालाई सम्मान गर्न पाउदा निकै खुसी लागेको वडा अध्यक्ष राजेन्द्रमणी काफ्ले बताउँछन् । बुबा आमाहरुले निकै दुःख गरेर सन्तानको उज्वल भविष्य खोजेका हुन्छन् तर पछिल्लो पिडीले आफ्ना उमेर पाकेका आमाबुबा प्रति गर्नुपर्ने दायीत्व भने भुल्दै गएको भन्दै सबै सन्तानलाई आफ्नो जन्म र कर्म दिने आमाबुबा प्रति जिम्मेवार बनाउनका लागि यस्तो सम्मान कार्यक्रम राखीएको बताए । 

कार्यक्रमका प्रमुख अतिथी प्रदेश नम्बर ३ का सांसद मिलन बाबु श्रेष्ठले आफ्ना माता पिताप्रति सम्मान गर्नुपर्ने कुरा यसरी सार्वजनिक कार्यक्रम राखेर भन्दा पनि सँस्कारमै सिकाएर आउन सके कोही बुबा आमाहरुले अनाथ जिन्दगी जिउन नपर्ने बताए । आजका युवा भोली वृद्ध हुनसक्छन् वृद्ध युवा हुन सक्दैनन । आजका आमा बुवालाई सम्मान गर्नु भनेको नै भोली आफैलाई राम्रो सम्मान पाउने श्रेष्ठले बताए ।

साथै कार्यक्रमका सहभागिहरुले भोली यो सम्मान पाउने वुवा आमाहरू लाई कुनै वृद्धा आश्रममा देख्न नपरोस भन्दै सबैले आफ्नो कर्तव्य सम्झेर काम गर्न आग्रह गरेका थिए । यस वडाले महिला बालबालिका तथा जेष्ठ नागरिक लक्ष्यित विभिन्न कार्यक्रमहरुरु गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर