• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

तिलोत्तमा गोल्डकप : च्यासललाई स्तब्ध पार्दै नेपाल पुलिस क्लव फाइनलमा

बुटवल । च्यासल युथ क्वललाई तिन एक गोलको अन्तरमा पछाडी पादै समुह ‘ख’ बाट नेपाल पुलिस क्लव बुटवलमा जारी २१ औं तिलोत्तमा गोल्ड कपको फाईनमा पुगेको छ । शनिवारको खेलमा जितसंगै उपाधिकालागि सोमवार हुने फाईनल प्रतिस्पर्धामा पुलिसले दाफिन्स एफसी क्यामरुनको सामना गर्नुपर्नेछ । 

पोखराको मनकामना कप र पूर्वको बुढासुब्बा कप उचालिसकेको क्यामरुन र नेपाल पुलिस क्वल बीचको खेल निकै प्रतिस्पर्धामक हुने अनुमान गरिएको छ । 

बुटवल देवीनगर स्थित फिफा टेक्निकल सेन्टरको खेल मैदानमा भएको खेलमा च्यासललाई स्तब्ध पादै पुलिसले फाईनलको यात्रा तय गरेको हो । खेलको सुरुवाती समयवाटै आक्रामक रुपमा उत्रिएको पुलिसले खेलको १५ औं मिनेटमा पाएको कर्नर वललाई तेज तामाङ्को प्रहारलाई बिक्रम धिमालले गोलमा परिणत गरी टिमलाई अग्रता दिलाएका थिए । 

पहिलो हाफमा एक गोलको अग्रता लिएको पुलिसले दोस्रो हाफको १२ औं मिनेटमा पाएको कर्नरलाई पुनः तेजकै प्रहारलाई धिमालले गोलमा परिणत गरि अग्रता फराकिलो बनाएका थिए । खेलको ३५ औं मिनेटमा पुलिसका मिलन राईको पासलाई रवि पासवानले गोल गरेर तीन गोलको फराकिलो अग्रता दिएका थिए । 

लगत्तै च्यासलका टिम क्याप्टेन अमिर श्रेष्ठ रेड कार्ड सहित मैदान बाहिरिएपछि १० खेलाडीमा समेटिएको च्यासल दवावका बिच अन्तिम मिनेटमा बिदेशी खेलाडी अर्माण्डको पासमा सन्तबहादुर गुरुङ्ले टिमकालागि सहानुभूति गोल गरेका थिए । 

पुलिसका सामु दवावको सामना गरेको च्यासलले पटक पटकको अवसरलाई समेत सदुपयोग गर्न सकेको थिएन । शनिबारको खेलमा नेपाल पुलिस क्लवका बिक्रम धिमाल म्यान अफ द म्याच हुँदै १० हजार रुपैंया नगद पुरस्कार प्राप्त गरेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर