• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

मिथिला कलामा काठमाडौंका विषय 

काठमाडौं । मिथिला कलाकार एससी सुमन नेपाली कलाक्षेत्रमा परिचित नाम हो । तीन दशकदेखि मिथिला लोककलामा क्रियाशील रुपमा लागेका सुमनको १६औं एकल प्रदर्शनी बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरी सोमबार सकिँदैछ । यस पटकको प्रदर्शनीमा उनले मिथिला शैलीमा काठमाडौं उपत्यकाको संस्कृति, इतिहास, पुरातात्विक सम्पदा लगायतका समसामयिक विषयका चित्र राखेका छन् । 

समाचार दैनिकको विशेष कुराकानीमा कलाकार सुमनले पछिल्लो समय मिथिला कला विश्वमै परिचित बनेको जिकिर गरे । यस पटकको प्रदर्शनीमा उनले ‘मिथिला कसमस–सङ्स अफ इन्नोसेन्स एण्ड एक्सपेरियन्स’ शीर्षकमा मिथिला शैलीका कला राखेका छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर