• मंगलबार २-७-२०७६/Tuesday 05-21-2019/ 12:14 am

फेसबुकमा भेट, पाकिस्तानबाट आएर नेपाली युवकसँग विवाह गरिन् यी युवतीले

तारानाथ आचार्य/बलेवा । सामाजिक सञ्जालको प्रयोगकै क्रममा सम्पर्क बढेपछि बागलुङका ब्राम्हण समुदायका युवाले पाकिस्तानी मुस्लिम युवतीसँग विवाह गरेका छन् । 

बागलुङ नगरपालिका– १२ अमलाचौरका २३ वर्षीय सुदिन आचार्यले पाकिस्तानकी २२ वर्षीया आम्ना सफिकसँग बागलुङ जिल्ला अदालत आइतबार दर्ता विवाह गरेका थिए । 

पाकिस्तानको रावलपिण्डीमा ‘आइटी इञ्जिनीयरिङ’ अध्ययनरत सफिकले सामाजिक सञ्जालमार्फत आचार्यसँग सम्पर्कमा आएपछि नेपाली भाषा समेत सिकेर विवाह गरेका हुन् । 

दुईवर्ष अघिदेखि चिनजान भएपछि उनले नेपाली भाषा सिक्न थालेकी थिइन् । नेपालको ग्रामीण बासिन्दा झै बोल्न र लेख्नसक्ने भएपछि उनले विवाहका लागि तयारी गरेका थिए । विवाहमा आचार्यका बाबु टीकाराम र आमा डिलमाया अदालत गएका थिए । 

केटीका तर्फबाट भने अभिभावक नभए पनि उनले पाकिस्तानी नागरिकता, शैक्षिक योग्यताको प्रमाणपत्र र केही समयदेखि बागलुङ नगरपालिका–१२ को अमलाचौरमै अस्थायी बसोवास गरेको सिफरिस लिएर आएकी थिइन् । सफिकले पाकिस्तानी बाबुआमासँग पनि सहमति लिएको बताए । 

मुलुकी देवानी संहिता २०७४ को दफा ७७ बमोजिम दर्ता विवाह गर्न मञ्जुर भए न्यायाधीशले विवाह गराइदिनसक्ने व्यवस्था अनुसार सो विवाह गराइएको अधिवक्ता तिलकबहादुर रिजालले बताए ।  ‘अदालतमा रितपूर्वको निवेदन दिएपछि सबै प्रक्रिया पु¥याएर विवाह गराइदिएको हो’ न्यायाधीश प्रकाशप्रसाद पण्डितले भने, ‘फरक धर्म र संस्कृतिलाई समाजले पनि स्वीकारेको यो नौलो घटना हो ।’

कानूनी रुपमा बलियो बनेर उनीहरुले औपचारिक विवाह गरेको विवाहमा सम्लग्न न्यायाधीश पण्डितले बताए । मुस्मिल बुहारी स्वीकार्न सक्ने अभिभावकको उदारताकोे उनले प्रशंसा गरे । पाकिस्तान वा अन्य मुस्मिल देशमा विवाह गरेको भए धर्म परिवर्तन अनिवार्य मानिन्थ्यो । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

‘पब्जी’पछि गुजरातमा सार्वजनिक स्थलमा जन्मदिन मनाउन प्रतिबन्ध !

  • ६ जेठ, २०७६

एजेन्सी । गुजरातको सुरतमा सार्वजनिक स्थलँमा जन्मदिन मनाउन प्रतिबन्ध लगाइएको छ । यस्तो कदम उठाउने गुजरात भारतकै पहिलो राज्य बनेको भारतीय

विश्व रेकर्ड राख्यो यो अटो–रिक्साले

  • १ जेठ, २०७६

एजेन्सी । प्राय हामी नेपालीले चढ्ने अटो–रिक्सा विस्तारै सुस्त गतिमा कुद्ने सवारी साधनको रुपमा चिन्छौँ, तर विश्वमा यस्तै एक अटो–रिक्साले उच्च

अनर किलिङ : एक रिसले चुर बुबाले आफ्नै छोरीलाई जिउँदै जलाए !

  • २४ बैशाख, २०७६

भारतको महाराष्ट्रको अहमदनगरस्थित निक्सोज गाउँमा एक बुबाले आफ्नै छोरी र ज्वाईलाई जिउँदै जलाए ।  १९ वर्षीया रुक्मिणी रणसिंघेले ६ महिनाअघि मात्रै