• मंगलबार १२-१२-२०७५/Tuesday 03-26-2019/ 08:26 pm

पोर्चुगलमा एक नेपाली युवकको निधन

समिर सुवेदी/लिस्बोन । पोर्तुगलमा फेरि एकजना नेपालीको असामयिक निधन भएको छ । हेम्जा पोखरा घर भएका हरिबहादुर कुवँरको  शनिबार राती लिस्बोनको साउ जोजे हस्पिटलमा निधन भएको हो ।

२८ वर्षीय कुँवर विगत ७ वर्षदेखि पोर्तुगल बस्दै आएका थिए । मृतकको पार्थीव शरीर अहिले फुनरेरिया (अन्तिम संस्कारमा सहयोग गर्ने एजेन्सी)मा राखिएको छ । उनको दाह संस्कार मंगलबार पोर्तुगलमै गरिने भएको छ । 

मृतकका आफन्तहरु पनि लिस्बोन आउने क्रम जारी छ । कुँवरका श्रीमती र एक छोरी पनि पोर्तुगल मै छन् । छोरी तीन महिनाकी छिन् । उनका दाजु आज बेलुकासम्म लिस्बोन आइपुग्ने बताइएको छ ।

ब्रेन ट्युमरपीडित मृतकको यस अघि पनि दुईपटक शल्यकृया गरिएको जानकारीमा प्राप्त भएको छ । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

अमेरिका भ्रमणमा रहेका प्रचण्डको राजदूतावासमा स्वागत 

  • ६ चैत, २०७५

काठमाडौ । अमेरिका भ्रमणमा रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अमेरिकास्थित नेपाली राजदूतावासमा स्वागत

एनआरएनए पोर्चुगलको क्षेत्रीय समन्वय परिषद अल्गार्भको अध्यक्षमा अनिल शर्मा विजयी

  • ४ चैत, २०७५

समिर सुवेदी/लिस्वोन । हालै सम्पन्न गैर–आवासीय नेपाली संघ पोर्चुगलको क्षेत्रीय समन्वय परिषद ‘अल्गार्भ’को निर्वाचन आइतबार सम्पन्न भएको छ ।

जापानी भाषाको बक्तृत्वकलामा  शुशिल पाैडेल प्रथम

  • ४ चैत, २०७५

जापान । टोकियोको रिस्यो विश्वविधालयको हलमा आईतबार बोल्ने नेपाली विधार्थीलहरु कसैले  नेपालको भुकम्प संझाए,कसैले जापानीको माया कसैले तकसैले परिवार