• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

पोर्चुगलमा एक नेपाली युवकको निधन

समिर सुवेदी/लिस्बोन । पोर्तुगलमा फेरि एकजना नेपालीको असामयिक निधन भएको छ । हेम्जा पोखरा घर भएका हरिबहादुर कुवँरको  शनिबार राती लिस्बोनको साउ जोजे हस्पिटलमा निधन भएको हो ।

२८ वर्षीय कुँवर विगत ७ वर्षदेखि पोर्तुगल बस्दै आएका थिए । मृतकको पार्थीव शरीर अहिले फुनरेरिया (अन्तिम संस्कारमा सहयोग गर्ने एजेन्सी)मा राखिएको छ । उनको दाह संस्कार मंगलबार पोर्तुगलमै गरिने भएको छ । 

मृतकका आफन्तहरु पनि लिस्बोन आउने क्रम जारी छ । कुँवरका श्रीमती र एक छोरी पनि पोर्तुगल मै छन् । छोरी तीन महिनाकी छिन् । उनका दाजु आज बेलुकासम्म लिस्बोन आइपुग्ने बताइएको छ ।

ब्रेन ट्युमरपीडित मृतकको यस अघि पनि दुईपटक शल्यकृया गरिएको जानकारीमा प्राप्त भएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर