• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

सैनिक मञ्च टुँडिखेलमा शुक्रबार देखिएका 'डरलाग्दा' १२ दृष्य (फोटोफिचर)

काठमाडौं । हरेक वर्ष झै यो वर्ष पनि सेना दिवसलाई भव्य बनाउनका लागि नेपाली सेना यसको तयारीमा जुटेको छ ।यहि सोमबार महाशिवरात्रीको दिन सेना दिवस भएकोले सेनाले त्यस दिनको कार्यक्रमको ‘रिहर्सल’ का लागि आकाशमा हेलिकप्टरबाट पुष्पवृष्टिसहितका अन्य कार्यक्रमको तयारी गरिरहेको हो । यो तयारी आइतबार अर्थात शिवरात्रीको अघिल्लो दिनसम्म जारी रहने नेपाली सेनाले जनाएको छ ।

सेना दिवसको दिन हेलिकोप्टरबाट पुष्पवृष्टिसहितका अन्य कार्यक्रम तय भएकाले त्यस दिनलाई भव्य बनाउन यतिखेर टुँडिखेलमा नेपाली सेनाले ‘रिहर्सल’ गरिरहेको दृष्य देख्न सकिन्छ । सेना दिवसको अवसरमा नेपाली सेनाले काठमाडौंको टुँडिखेलमा विशेष कार्यक्रम समेत आयोजना गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर