• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

अमेरिकामा छालाको रंगका कारण प्लेनबाट निकालिए आमा–छोरा !

एजेन्सी । अमेरिकन एयरलाइन्सले एक परिवारको हवाई टिकट फिर्ता गरेको छ र उनीहरुको दुर्लब छालाको समस्याका कारण उडान भर्न नदिइएको प्रति माफी पनि मागेको छ । 

दक्षिण क्यारोलिनाकी जोर्डन फ्लेकले बिहिबार आफ्नो छोरा ज्याकशन र आफूलाई एल पासो टेक्सासदेखि डलसका लागि उडान भर्नबाट रोकिएको शुक्रबार आफ्नो फेसबुक वालमा लेखेकी छिन् । आफ्नो र छोराको छालामा देखिएको अनौठो रंग–टाटाका कारण विमानका चालक दलले उनीहरुलाई जहाज चड्नबाठ रोकेको उनले लेखेकी छिन् । 

जोर्डनलाई ‘इचथिओसिस’ नामक वंशाणुगत छालाको समस्या छ, जसले छालाको बाँकी भागलाई सुख्खा बनाउँदै लाग्छ र छाला सामान्यभन्दा केही फरक देखिन्छ ।

उनले फेसबुकमा लेखेकी छिन्, ‘हामी प्लेनमा बसिरहेका थियौँ, चालक दलका एक जना अधिकारी आएर मेरो छालाको समस्याका बारेमा सोध्यो र यदि मसँग चिकित्सकको सिफारिस छ भने मात्रै मलाई उडान भर्न दिइने बतायो ।’

जोर्डनले तत्कालै आफ्नो छालाको अवस्थाको बारेमा सम्पूर्ण जानकारी दिइन्, तर अधिकारीले इन्टरनेट नभएका कारण बाँकी जानकारी लिन पाएनन् । त्यसपछि उसले माफी माग्दै जोर्डन र उनको छोराले उडान भर्न नपाउने बताएको उनले लेखेकी छिन् । 

जोर्डनको जाँच पास भइसकेका झोला र सामानहरु भने चालक दलका अधिकारीले फिर्ता गर्न सकेनन्, जसले गर्दा उनले आफ्नो छोरा र आफूलाई चाहिने सामा तत्काल जोहो गर्नुपर्ने अवस्था आएको फेसबुकमा लेखेकी छिन् । ‘मैले भोलिपल्टका लागि चाहिने सामग्री तथा कपडा तत्काल जुटाउनु पर्यो । मैले जीवनमा कहिल्यै यति अपमान महशुस गरेकी थिइन’, उनले लेखेकी छिन् ।

यद्यपि, अमेरिकन एयरलाइन्सको जोर्डनले वेहोर्नु परेको अवस्थामा प्रति माफी मागेको छ र उनको भ्रमण टिकटलाई फिर्ता गर्ने बताएको छ । 

‘हामी जोर्डन फ्लेक र उनको छोराले भोग्नु परेको अवस्थाप्रति इमानदारीका साथ माफी माग्छौ र हाम्रो समूहले घटनाको जाँच सुरु गरेको छ । हाम्रो ग्राहक सम्बन्ध समूहले उनीसँग प्रत्यक्ष कुराकानी गरिसकेको छ’, एयरलाइन्सले आफ्नो बयानमा भनेको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर