• मंगलबार १२-१२-२०७५/Tuesday 03-26-2019/ 08:58 pm

पशुपतिमा महाशिवरात्रिको रौनक ( फोटो फिचर)

काठमाडौं । महाशिवरात्रिका अवसरमा आज बिहानैदेखि पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा पूजाआजा एवं दर्शन गर्ने भक्तजनको भीड लागेको छ । वैदिक सनातन हिन्दू धर्मावलम्बीहरू आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्छन ।


शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराणलगायतका ग्रन्थमा उल्लेख छ । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान शिवको अति प्यारो दिनका रूपमा पनि लिइन्छ ।

माघमा महादेवको रुद्रत्व अर्थात् जगत्लाई रुवाउने वा संहार गर्ने तत्वले गर्दा पत्रविहीन भई जीर्ण भइरहेका रूख, बिरुवा तथा झार उनै महादेवको शिवत्व ९जगत्को कल्याण गर्ने तत्व०ले गर्दा पलाउन थाल्ने हुनाले फागुनमा शिवरात्रि मनाउने गरिएको हो भन्ने भनाइ छ । व्रतमध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन आज भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजा–अर्चना गरी व्रत बस्ने र भगवान शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् । यस पर्वका दिन उपवास गरी रातभर जाग्राम बसे सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास छ ।

आजको दिन भगवान महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठमन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तनका साथ सोही आगोमा प्रसाद बनाई ग्रहण गरिन्छ । राष्ट्रिय सांस्कृतिक पर्वका रूपमा रहेको यो दिन आज पशुपतिनाथमा रातको चार प्रहरमा चार प्रकारका पूजाका अतिरिक्त महादीप, अखण्डदीप, लक्ष्यबत्ती तथा दीपोत्सवका साथै लाख बेलपत्र अर्पण गरिन्छ 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

वेल्डिङको काम गर्ने प्रविनको ७ वर्षे परदेश अनुभव,मासिक २० हजार कमाइ

  • ११ चैत, २०७५

कुपण्डोलमा वेल्डिङ काम गर्दै गरेको अवस्थामा भेटिए प्रविन वडेल । जनकपुरबाट काठमाडौंमा आइ बसेका उनीसँग सात वर्षको विदेशमा काम गरेको अनुभव पनि छ ।

खादामा प्रतिबन्ध लगाउन खोजेको भन्दै विरोध प्रदर्शन (फोटोफिचर)

  • १० चैत, २०७५

काठमाडौं । खादामा प्रतिबन्ध लगाउने षड्यन्त्र भएको भन्दै बौद्ध भिक्षुहरु आन्दोलनमा उत्रिएका छन् । बौद्ध संस्कृति परम्पराको पवित्र खादाको विषयमा

यसरी दिदैँछन् परीक्षार्थी एसईई परीक्षा (फोटोफिचर)

  • १० चैत, २०७५

काठमाडौं ।  यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात एसइई परीक्षा आजदेखि सुरु भएको छ ।  बिहान ८ बजेदेखि सुरु भएको परीक्षामा आज पहिलो दिन