• मंगलबार २-७-२०७६/Tuesday 05-21-2019/ 01:27 am

समृद्धिको लागि अहिले सवैभन्दा अनुकुल समय छ : गगन थापा 

जापान । नेपालको समृद्धिको लागि अहिलेको समय सबैभन्दा अनुकुल भएको नेपाली काँग्रेसका नेता तथा संघीय संसदका सदस्य गगनकुमार थापाले बताएका छन् । 

सुचना प्रविधिकाे विकास, संबैधानिक राजनैतिक स्थिरता र बिश्वको एसियाप्रतिको प्राथामिकताका कारणा समृद्धिको लागि अहिले सबैभन्दा उत्तम समय रहेको उनले बताए । त्यस्तै अहिलेको परिवेशमा मुलुकको समृद्धिका लागि पूर्वाधार विकासको क्षेत्रमा तयार भए नभएको बारे बहस हुनु जरुरी रहेको थापाको भनाई छ । 

जापान सरकारको निमन्त्रणामा टोकियो आईपुगेका थापा समृद्धि नेपाल निमार्ण अभियानले आयोजना गरेको अन्तक्रिया कार्यक्रममा सहभागी बने ।  पुर्वस्वास्थ्यमन्त्री समेत रहेका थापाले स्वास्थ्य र शिक्षा क्षेत्रमा लगानी गर्न सके मात्रै देशले विकासको फड्को मार्न सक्ने बताए ।

प्रवासी नेपालीले देशप्रति गरेको चिन्तन सहयोग र मायाको प्रशंसा गर्दै उनले अबको लगानी उद्योग र व्यवसायमा केन्द्रित हुनुपर्ने विचार व्यक्त गरे । अब प्रवासका नेपालीहरुको प्रयासबाट देशले मुहार फेर्ने उनले बताए । उनले भने, 'अन्तर्यक्रियामा सहभागी नेपालीहरुको प्रश्न देख्दा राजनितिप्रति नेपालीको बितृष्णा धेरै रहेको थाहा पाउन सकिन्छ । '

कार्यक्रम समृद्धि नेपाल निमार्ण अभियानका संयोजक महेश श्रेष्ठको अध्यक्षता पत्रकार एवम एनआरएनएका प्रबक्ता भुषण घिमिरेको सहजीकरणमा सम्पन्न भएको थियो । थापासँग  एनआरएनए जापानले पनि भेटघाट कार्यक्रमको आयोजना गरेको थियो ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

नेपाली सञ्चारकर्मी अनिता अमेरिकामा फेरी अवार्डेड

  • ६ जेठ, २०७६

अमेरिका ।  नेपाली संचारकर्मी अनिता सिलवाल सन् २०१९ को प्रतिष्ठित ‘सि नोज ह्वेयर सी इज गोइङ्ग’ पुरस्कारबाट पुरस्कृत भएकी छन् । अमेरिकाको फ्लोरिडा

मन्त्री पुन बेल्जियममा, विदेशमा सिकेको सीप नेपालमा लगाउन आग्रह

  • ६ जेठ, २०७६

बेल्जियम। नेकपाका स्थायी समिति सदस्य तथा ऊर्जामन्त्री वर्षमान पुन बेल्जियम पुगेका छन् । विश्व ऊर्जा सम्मेलनमा सहभागि हुन जर्मन गएका मन्त्री पुन

अनेसास जापानको ५० औँ स्वर्ण श्रृङ्खला यसरी मनाइयो 

  • १६ बैशाख, २०७६

टोकियो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज जापान च्याप्टरले नियमित बसाईको स्वर्ण  श्रृङ्खला पार गरेको छ ।  ५० औं स्वर्ण  श्रृङ्खलाको अबसरमा