• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

समृद्धिको लागि अहिले सवैभन्दा अनुकुल समय छ : गगन थापा 

जापान । नेपालको समृद्धिको लागि अहिलेको समय सबैभन्दा अनुकुल भएको नेपाली काँग्रेसका नेता तथा संघीय संसदका सदस्य गगनकुमार थापाले बताएका छन् । 

सुचना प्रविधिकाे विकास, संबैधानिक राजनैतिक स्थिरता र बिश्वको एसियाप्रतिको प्राथामिकताका कारणा समृद्धिको लागि अहिले सबैभन्दा उत्तम समय रहेको उनले बताए । त्यस्तै अहिलेको परिवेशमा मुलुकको समृद्धिका लागि पूर्वाधार विकासको क्षेत्रमा तयार भए नभएको बारे बहस हुनु जरुरी रहेको थापाको भनाई छ । 

जापान सरकारको निमन्त्रणामा टोकियो आईपुगेका थापा समृद्धि नेपाल निमार्ण अभियानले आयोजना गरेको अन्तक्रिया कार्यक्रममा सहभागी बने ।  पुर्वस्वास्थ्यमन्त्री समेत रहेका थापाले स्वास्थ्य र शिक्षा क्षेत्रमा लगानी गर्न सके मात्रै देशले विकासको फड्को मार्न सक्ने बताए ।

प्रवासी नेपालीले देशप्रति गरेको चिन्तन सहयोग र मायाको प्रशंसा गर्दै उनले अबको लगानी उद्योग र व्यवसायमा केन्द्रित हुनुपर्ने विचार व्यक्त गरे । अब प्रवासका नेपालीहरुको प्रयासबाट देशले मुहार फेर्ने उनले बताए । उनले भने, 'अन्तर्यक्रियामा सहभागी नेपालीहरुको प्रश्न देख्दा राजनितिप्रति नेपालीको बितृष्णा धेरै रहेको थाहा पाउन सकिन्छ । '

कार्यक्रम समृद्धि नेपाल निमार्ण अभियानका संयोजक महेश श्रेष्ठको अध्यक्षता पत्रकार एवम एनआरएनएका प्रबक्ता भुषण घिमिरेको सहजीकरणमा सम्पन्न भएको थियो । थापासँग  एनआरएनए जापानले पनि भेटघाट कार्यक्रमको आयोजना गरेको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर