• मंगलबार २-७-२०७६/Tuesday 05-21-2019/ 12:15 am

‘लन्डन बिरामी’, जसले एचआईभीबाट छुटकारा पाए

एचआईभी–सङ्क्रमित व्यक्ति दश वर्षपछि रोगमुक्त

पेरिस । प्राणघातक एड्स रोग लगाउने एचआईभी–१ भाइरसबाट पीडित अर्का एक व्यक्ति रोगमुक्त भएका छन् । अनुसन्धाताहरुले उनीमाथिको उपचार रोकिएको र सम्भवतः निको भएको जनाएका छन् । पेरिसमा आयोजना गरिने एक चिकित्सा सम्मेलनमा मंगलबार यस अद्भूत कार्यका बारेमा घोषणा गरिँदैछ । 

एचआईभी–सङ्क्रमित ती व्यक्तिलाई दश वर्षपछि रोगमुक्त भएको घोषणा गरिएको हो । उनलाई ‘लन्डन बिरामी’ को उपनाम दिइएको छ । विगत १९ महिनादेखि उनको शरीरमा एचआईभी नपाइएको नेचर नामको जर्नलमा समाचार छ । दश वर्षअघि पनि यस्तै एक व्यक्तिलाई रोगमुक्त रहेको घोषणा गरिएको थियो । 

रगतको क्यान्सर उपचारका लागि बिरामीको हड्डीको मासी ९बोन म्यारो० प्रत्यारोपण गरिएको थियो । एचआईभी सङ्क्रमण नहोस् भन्नका लागि दाताबाट प्राप्त मूल कोशिका (स्टेम सेल्स)लाई पनि जेनेटिक उपचार गरिएको थियो । 

‘उपचार सफल देखिएकाले बर्लिन बिरामीको पनि सफल उपचार हुनेछ,’ क्याम्ब्रिज विश्वविद्यालयका प्रोफेसर एवं मुख्य लेखक रवीन्द्र गुप्ताले बताए । 

विश्वमा लाखौं मानिस एचआईभीबाट पीडित छन् । लाखौं बिरामीले एन्टीरेट्रोभाइरल थेरापी (एआरभी) औषधि सेवन गरिरहेका छन्, तर कुनै पनि बिरामी पूर्ण रुपमा निको हुन सकेका छैनन् । 

‘अहिले, एचआईभीको उपचार गर्ने एकमात्र विधि औषधि सेवन मात्र हो जसले भाइरसको फैलावटलाई रोक्दछ । र यो औषधि बिरामीले आजीवन सेवन गर्नु पर्दछ ।’ गुप्ताले भने । ‘यसले विकासशील मुलुकहरुलाई ठूलै चुनौती सिर्जना गरिरहेको छ । यी देशमा अझै पनि धेरै मानिसले पर्याप्त उपचार प्राप्त गर्न सकेका छैनन् ।’

एक अनुमान अनुसार विश्वमा हाल ३ करोड ७० लाख मानिसमा एचआईभी छ, तर करिब ५९ प्रतिशतले मात्र एआरभी सेवन गर्न पाएका छन् । एचआईभीसँग सम्बन्धित कारणहरुबाट बर्सेनि झण्डै १० लाख मानिसको मृत्यु हुने गरेको छ । 

एचआईभीकै स्वरुपमा एउटा नयाँ औषधि–प्रतिरोधी परिस्थिति सिर्जना भइरहेको वैज्ञानिकहरुको भनाई छ । 

गुप्ता र उनको टोलीले हड्डीको मासी (बोन म्यारो) प्रत्यारोपण उपचार विधि एचआईभी उपचारका लागि उपयुक्त विकल्प नरहेको पनि बताएको छ । यो विधि निकै डरलाग्दो र पीडादायी हुने गर्दछ । 

तर यो प्रत्यारोपणले विज्ञानिकहरुलाई उपचारमा नयाँ खोज गर्न र सानोभन्दा सानो विधिबाट बिरामीको उपचार गर्न सकिने बाटो देखाउने गुप्ताको भनाई छ । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

डिजाइनका कारण फ्लप भएका ५ फोन

  • ५ जेठ, २०७६

काठमाडौं । हालको समयमा एकभन्दा अर्को उत्कृष्ट स्मार्टफोन विश्व बजारमा प्रतिस्पर्धामा छन् । प्रत्येक मोबाइल तथा फोन कम्पनीहरु आफ्ना उत्पादनलाई नयाँ

चीनमा परिक्षण गरियो ‘फाइभ जी’ रिमोट नियन्त्रित कार

  • ३ जेठ, २०७६

चोङगुइङ, चीन । ‘फाइभ–जी’ नेटवर्कद्धारा सञ्चालित रिमोट नियन्त्रित कार बुधवार दक्षिण–पश्चिम चीनको चोङगुइङस्थित एक वाहन–निर्माण कम्पनीमा

चिसोका कारण ५० मिटरसम्म खुम्चियो चन्द्रमा 

  • २ जेठ, २०७६

एजेन्सी । अमेरिकी अन्तरिक्ष एजेनसी नासाको एक रिपोर्ट अनुसार, चन्द्रमा खुम्चिदै गइरहेको छ । चन्द्रमाको भित्री सतह चिसिँदै गएका कारण चन्द्रमा