• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

उडानका क्रममा चालक दलले ‘जय हिन्द’ भन्नु पर्ने एयर इन्डियाको आदेश

एजेन्सी । गएको फेब्रुअरी १४ मा पुलवामा सुरक्षा बलमाथि आतंकवादी आक्रमणपछि राष्ट्रवादको पारो चढेको भारतमा आफ्नो राष्ट्रिय एयरलाइन्स एयर इन्डियाले आफ्ना जहाजका चालक दलका सदस्यलाई  ‘जय हिन्द’ भन्न निर्देशनात्मक आदेश जारी गरेको छ ।

उडानका क्रममा हुने हरेक अनाउन्समेन्टपछि अनिवार्य ‘जय हिन्द’ भन्नुपर्ने सोमबार आदेश दिएको छ । यसअघि पनि सन् २०१६ मा एयर इन्डियाका अध्यक्ष आश्वानी लोहानीले ‘जय हिन्द’ भन्न निर्देशन दिएका थिए ।

देशको मुडअनुसार त्यसलाई  फेरि कडाइका साथ पालना गर्न एयर इन्डियाले आफ्ना चालक दलका सदस्यलाई भनेको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर