• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

बहस : काजकिरिया अब ५ दिनमा सक्नुपर्छ  

मानिसको मृत्यु पश्चात् गरिने संस्कार कर्मका बारेमा यतिबेला बहसको थालनी भएको छ । उपेन्द्र देबकोटा को काजकिरिया ७ दिनमा संपन्न गरियो । रबिन्द्र मिस्रले आफ्ना पिताको काजकिरिया ५ दिनमा संपन्न गरे । नागरिक उड्यन तथा पर्यटन मन्त्री स्वर्गीय रबिन्द्र अधिकारीको काजकिरिया ७ दिनको दिन संपन्न भएको छ ।

बास्तबमा मानिस बाचुन्जेल सकेसम्म सुख , शान्ती र समृद्धिका साथ रहन वा बाच्न पाउनु पर्दछ । मृत्यु पश्चातको संस्कार कसरी गर्ने रु कति दिन गर्ने  रु भन्ने शास्त्रीय एकरुपता छैन भन्ने विद्वान हरुकै भनाइ रहेको पाइयो ।

नेपाली समाजले मृत्यु पछिको काजकिरिया लाई ५ दिनमा ल्याइसकेको पाइन्छ । बस्तबमा ५ दिनमा काजकिरिया संपन्न गर्नु नै उपयुक्त देखिन्छ ।

यहाँ केही स्वनामधन्य धर्मगुरु ,मठाधिश ,पेशेवार र पोसाकधारी पुरोहित ब्रम्हण हरु काजकिरिया १३ दिननै गर्नु पर्दछ भनेर अर्ति उपदेश दिन थालेका छन । कुनै शास्त्रीय दफा ,निर्णय सिन्धु ,बेद ,धर्म शास्त्र को एकिन अधार बिना नै जड्सुत्रीय र रुढिबादी ब्यख्या गर्दै १३ दिने अभिव्यक्ति एबं अर्ति दिनेकाम गर्दै छ्न । 

यो उनिहरुको ढोंग र सामन्ती प्रदर्शन मात्र हो भन्ने बुझाइ आम जनमानसको रहेको पाइन्छ ।एक लोग्ने मरे पछि श्रीमती ज्युदै सति जाने प्रथा पनि थियो ।जुनसुकै धर्म परंपरा र नजिर भए पनि यो परंपरा लाई निरंतरता दिन सकिँदैन । 

धर्म शास्त्रको जडीय पुरातन मान्यताकाे आफुखुसी ब्यख्या गर्दै समाजमा आफ्नो सार्बभौमिकता  र सर्बोच्चता लाद्न प्रयत्नशील यी स्वनामधन्य पात्र र प्रबृत्तिलाई अब हामीले बहिष्कार गरेर अगाडि बढ्नु जरुरी देखिन्छ ।

संस्कार काजकिरिया कसरी गर्ने रु वा कति दिन गर्ने रु भन्ने विषय बारे निर्णय गर्ने अधिकार संबंधित परिवार लाई नै छोडी दिनु उपयुक्त देखिन्छ । परिवारले आफ्नो अनुकुलता , ब्यबहारिकता र क्षमता अनुसार उपयुक्त निर्णय लिन्छ नै । यो मानिसको धार्मिक वा सांस्कृतिक स्वतन्त्रता को कुरा हो । यसबारे हस्तक्षेप पुर्ण टिकाटिप्पणी गर्नु मानवीय होइन ।

 बि . पि. कोइरालाको भनाइ अनुसार उहाका छोराहरुले समयानुकूल  काजकिरियामा गरेका थिए ।नेकपा नेता एबं पुर्बप्रधान्मन्त्री माधब कुमार नेपाल ले बुबाको काजकिरियामा आफ्नै ढंग ले बस्नुभएको थियो ।नेकपा नेता एबं पुर्बप्रधानमत्री पुस्पकमल दाहालले छोरा प्रकाशको काजकिरिया समयसान्दर्भिक र ब्यबहारिक रुपमा गर्नु भएको थियो ।यश बारे अरुले बढ्ता चासो र टिप्पणी गर्नु त्यति उपयुक्त र सान्दर्भिक देखिदैन।कसैको पारिबारिक मानवीय  संबेदनशिलता र स्वतन्त्रता माथी हस्तक्षेप गर्ने अधिकार कसैलाई पनि छैन । 

बास्तबमा समयको आबस्यकता ,ब्यबहारिकता र समयसान्दर्भिकता अनुसार अब मृत्यु पछिको काजकिरिया संस्कार ५ दिनमा संपन्न गर्नु नै उपयुक्त र ब्यबहारिक देखिन्छ ।यसबारे खुल्ला बहस र छलफल अबस्यक छ ।धर्म शास्त्र ,बेद ,पुराण ,गिता ,महाभारत आदि को समसामयिक र ब्यबहारिक ब्यख्या आजको आबस्यकता हो ।हुनत म कुनै धर्मगुरु होइन ,धर्म शास्त्र प्रती मेरो गहिरो अध्ययन पनि छैन ।पेशागतरुपमा म एउटा पत्रकार हुं ।

राजनीतिक रुपमा एउटा राजनीतिक पार्टीको केन्द्रिय पदाधिकारी हु ।नेपाली समाजको अग्रगामी सकारात्मक परिबर्तन र रुपान्तरण मेरो पनि लक्ष्य र उध्येश्य भएकोले खुल्ला बहस र छलफल का लागि संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको सार्बभौमसत्ता संपन्न आम नेपाली जनसमुदायमा यो धारणा संप्रेसण गर्दछु।।
             पांच दिनमा काजकिरियाको संपन्नता ।
                      नेपाली समाजको आबस्य्कता ।

–लेखक गिरि दशनामी समाजका केन्द्रीय उपाध्यक्ष हुन् ।

                  

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर