• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

कर्णालीमा 'क्यान इन्फोटेक २०१९' हुने

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा शुक्रबारदेखि ‘क्यान इन्फोटेक २०१९’ शुरु हुनेभएको छ । कम्प्युटर एशोसिएसन नेपाल महासङ्घ कर्णाली प्रदेश सुर्खेतले कर्णाली प्रदेशस्तरीय ‘इन्फोटेक मेला’ को आयोजना गर्न लागेको हो । 

‘सूचना प्रविधिको विस्तार–डिजिटल कर्णालीको आधार’ भन्ने मूल नारा सार्थक बनाई यस प्रदेशलाई प्रविधिमैत्री र पर्यटकीय आकर्षण केन्द्रका रूपमा विकास गर्न मेलाको आयोजना गरिएको क्यान महासङ्घका कर्णाली प्रदेशका अध्यक्ष पूर्णदेव अधिकारीले जानकारी दिए । 

मेलाले समृद्ध नेपालका लागि डिजिटल कर्णाली अभियानलाई समेत सहयोग पुग्ने र यहाँको धार्मिक, सांस्कृतिक, ऐतिहासिक तथा पर्या–पर्यटनको प्रवद्र्धन हुने विश्वास गरिएको क्यान महासङ्घले जनाएको छ । 

इन्फोटेक मेला फागुन २४–२८ गते पाँच दिनसम्म सञ्चालन हुनेछ । कर्णालीमा पहिलोपटक आयोजना हुनलागेको सूचना, सञ्चार प्रविधिको यो ठूलो प्रदर्शनीमा १० वटै जिल्ला गरेर एक लाख दर्शकले अवलोकन गर्ने र रु ३६ लाखको कारोबार हुने आयोजकले जनाएको छ । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर