• मंगलबार १२-१२-२०७५/Tuesday 03-26-2019/ 09:15 pm

मख्खनगल्लीमा आगलागी (फोटोफिचर)

काठमाडौं ।  काठमाडौं  महानगरपालिका १८ स्थित मख्खनगल्लीमा आज दिउँसो आगलागी भएको छ । मासु पसल र कस्मेटिक पसलसमेत रहेको स्थानीयवासी प्रमोद तुलाधरको घरमा आगलागी भएको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिए ।

दिउँसो १२ः४५ बजे लागेको आगो स्थानीय सहयोगमा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीले दिउँसो ३ बजे नियन्त्रणमा लिइएको हो । आगो निभाउन विभिन्न क्षेत्रका चार दमकलको प्रयोग गरिएको थियो । सो क्रममा दोलखाका २१ वर्षीय राजन थापा घाइते भएकाले उनको अहिले ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

आगलागीबाट नजीकका केही घरमा समेत क्षति पुगेको बताइएको छ । आगलागी भएको क्षेत्रमा ग्यास स्टोरसमेत रहेको र केही ग्याससमेत पड्किएको स्थानीयले बताएका छन् । क्षतिको विवरण सङ्कलन भइरहेको प्रहरीले जनाएको छ । आगलागीका कारण अहिलेसम्म खुलेको छैन । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

वेल्डिङको काम गर्ने प्रविनको ७ वर्षे परदेश अनुभव,मासिक २० हजार कमाइ

  • ११ चैत, २०७५

कुपण्डोलमा वेल्डिङ काम गर्दै गरेको अवस्थामा भेटिए प्रविन वडेल । जनकपुरबाट काठमाडौंमा आइ बसेका उनीसँग सात वर्षको विदेशमा काम गरेको अनुभव पनि छ ।

खादामा प्रतिबन्ध लगाउन खोजेको भन्दै विरोध प्रदर्शन (फोटोफिचर)

  • १० चैत, २०७५

काठमाडौं । खादामा प्रतिबन्ध लगाउने षड्यन्त्र भएको भन्दै बौद्ध भिक्षुहरु आन्दोलनमा उत्रिएका छन् । बौद्ध संस्कृति परम्पराको पवित्र खादाको विषयमा

यसरी दिदैँछन् परीक्षार्थी एसईई परीक्षा (फोटोफिचर)

  • १० चैत, २०७५

काठमाडौं ।  यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात एसइई परीक्षा आजदेखि सुरु भएको छ ।  बिहान ८ बजेदेखि सुरु भएको परीक्षामा आज पहिलो दिन