• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

सन्दर्भ ८ मार्च : महिला आन्दोलनबारे केही कुरा 

सन १८५७ सम्म अमेरिका र युरोपमा उद्योगधन्दाको बिकास भएको थियो । ति उद्योगधन्दा कलकारखानाहरुमा महिलाहरुलाई दिनको १८देखि २० घण्टासम्म एकोहोरो श्रममा जोताउने गरिन्थ्यो । त्यो पनि अति सस्तोे मुल्यमा । अर्थात त्यहाँ महिलालाई दोश्रो दर्जाको नागरिकको रुपमा ब्यबहार गरिन्थ्यो । 

त्यसैको बिरोधमा समान ज्याला र ८ घण्टाको नीतिलाई कार्यन्वयन गराउन त्यहाँका महिलाहरुले शान्तिपुर्ण रुपमा आफना माग राखी आन्दोलन गरेका थिए । तर तत्कालिन सरकारले उनीहरुको त्यो शान्तिपुर्ण आन्दोलनमा राखिएका मागहरुको सम्बोधन नगरी उल्टै उनीहरुमाथि निर्मम दमन गरयो । 

१८५७ मार्च ८का दिन त्यहाँको सरकारले दर्जनौ महिला आन्दोलनकमीहरुको निर्ममतापूर्वक हत्या गरी उनीहरुको आन्दोलनलाई दवायो । पुँजिवादी सत्ताले आफनो औचित्य पुष्टी गर्ने काम गरयो । सोही दिनको सम्झनामा सन १९१०मा डेनमार्कको कोपनहेगनमा भएको महिलाहरुको सम्मेलनमा क्लाराजेटकिन लगायतको प्रस्तावमा उक्त दिनलाई महिलाहरुको उत्प्रेरणा दिवसको रुपमा मनाउने प्रस्ताव गरियो र त्यो सर्बसम्मतरुपमा पारित भयो । सोही दिनबाट  अन्तर्राष्टिय श्रमिक महिला दिवस मनाउने प्रचलनको शुरुवात भएको हो । 

८ मार्चलाइ संसारका श्रमिक महिलाहरुले आफ्नो मुक्ति आन्दोलनको दिवसको रुपमा समेत मनाउने गर्दछन । जे होस ८मार्च महिलाहरुको सौर्य, उर्जा र बलिदान दिवसको रुपमा स्थापित भएको छ । रुसी क्रान्ती सम्पन्न भइसकेपश्चात रुसले उक्त दिनलाई राज्यले औपचारिक मान्यता दिएर महिला दिवसको रुपमा ग्रहण गरयो । 

त्यसैगरी सन १९७५मा संयुक्त राष्टसंघले यो दिवसलाई अन्तर्राष्टिय रुपमा मान्यता दिने निर्णय गरयो । यो मान्यतासँगसँगै महिला दिवस अन्तर्राष्टिय रुपमा नै मनाउन थालियो । अहिले बिश्वमा नै ८मार्चलाइ अन्तर्राष्टिय रुपमा नारी दिवसको रुपमा मनाउने प्रचलन रहेको छ । संयुक्त राष्टसंघको निर्णय अनुरुप र नेपालमा पनि यो प्रचलनको शूरुवात गरिएको हो । 

१०९औं अन्तर्राष्टिय श्रमिक महिला दिवसको संघारमा महिला उत्पीडनको बारेमा संक्षिप्त चर्चा परिचर्चा गर्नू सान्दर्भिक नै हुनेछ । संसारमा हुने गरेका सबै उत्पीडनभन्दा महिला उत्पीडनको इतिहास सबैभन्दा पुरानो रहेको छ । बर्गसमाज अस्तीत्वमा आएको करिव ८हजार बर्ष भइसकेको बर्गसमाज अस्तीत्वमा आएको करिव ८हजार बर्ष भइसकेको छ । 

बर्गसमाजको अस्तित्वसँगै महिला उत्पीडनको शुरुवात भएको हो । यी आठ हजार बर्षमा महिलामाथि एकोहोरो उत्पीडन र दमन कायम नै छ । मानवसमाज जव बर्गसमाजमा रुपान्तरण भयो बर्गसमाजको निर्माणसँगै नीजि सम्पत्तिको वा नीजि स्वामित्व अस्तित्वमा आयो । त्यो नीजि स्वामित्व बर्गसमाजको पितृसत्तावादको नेतृत्वमा आयो । 

खासगरी पुरुष आफुले आर्जन गरेको सम्पत्ति आफनो भावी सन्तानमा सहज र निर्धक्क हस्तान्तरण गर्न उसलाई नीजि श्रीमति, नीजि परिवार र नीजि सन्तानको आवश्यकता परयो । त्यो  सन्तान आफनो हो भन्ने सुनिश्चित गर्न पुरुषलाई नीजि श्रीमती आवश्यकता परयो । 

आफनो सन्तान भएको सुनिश्चित भएपनि आफनो हो भन्ने सुनिश्चित गर्न पुरुषलाई नीजि श्रीमती आवश्यकता परयो । आफनो सन्तान भएको सुनिश्चित भएपछि पुरुषलाई सम्पत्ति सहज हस्तान्तरण गर्ने बिश्वास पैदा भयो । यसरी शुरुवात भयो परिवार र यसरी शुरुवात भयो महिला उत्पीडन । त्यो दिनदेखि आजसम्म पनि बिभिन्न ब्यबस्था परिवर्तन भए तर महिला उत्पीडनमा कुनै कमि आएको छैन ।

दासप्रथा अन्त्य भयो, सामन्ती ब्यबस्था अन्त्य भयो, सामन्ती ब्यबस्थाका मोही प्रथा, हलि प्रथा, खोली प्रथा, लगायतका धरै कुप्रथाहरु अन्त्य भए तर महिला उत्पीडन अन्त्य हुन नसकेको तितो यथार्थ हाम्रा सामु छर्लङग नै छ । महिला उत्पीडनका स्वरुप र प्रकार बदलिएका छन तर उत्पीडनमा कमि आएको छैन । 

यति लामो उत्पीडनको बिरुद्ध सबैभन्दा पहिला स्पष्ट दृष्टिकोण माक्र्सवादले प्रदान गरयो । अर्थात माक्र्सले नै महिला मुक्तिको कार्यदिशाको सैद्धान्तिकीकरण गर्नुभयो र स्पष्ट दृष्टिकोण दिनुभयो । त्यो भन्दा अगाडिका दिनहरुमा महिला आन्दोलनहरु त हुने बैज्ञानिक दृष्टिकोणको अभावमा त्यसले गति प्रदान गर्न नसक्ने र निश्कर्षमा पुग्न नसक्ने जस्ता बिबिध समस्या देखा परेका थिए । माक्र्सले महिला मुक्तिको आधार बर्गसंघर्ष नै भएको किटानी गर्दै बर्गसंघर्षद्धारामात्र महिला मुक्ति हुने स्पष्ट र बैज्ञानिक दृष्टिकोण प्रतिपादन गरी अलमलमा रहेको महिला आन्दोलनको दिशानिर्देश गर्नूभयो । 

माक्र्सको यो निश्कर्ष सँगसँगै संसारमा महिलाहरुलार्य राजनीतिक आर्थिक साँस्कृतिक अधिकार प्रत्यायोजन गर्ने काम , राज्यको हरेक अंग र निकायमा  प्रतिनिधित्व वा नेतृत्व प्रदान गर्ने काम बिश्वमा कम्युनिष्ट सत्ताको उदयसँगै शुरुवात भयो । यसको शुरुवात मुलत ः रुसी क्रान्ती सम्पन्न भएपश्चात शुरुवात भएको हो । अर्थात महिला समस्याको समाधानतर्फ कम्युनिष्ट सत्ता नै अग्रणी रहेको बिश्व इतिहास देखिन्छ । तथापी कम्युनिष्ट सत्ताले महिलाहरुलाइ अधिकार त प्रत्यायोजन गर्ने तर पितृसत्ताबादका बिरुद्ध निर्णायक र निर्मम संघर्ष गर्नबाट चुकेको देखिन्छ । 

महिला उत्पीडनको घनत्वको आत्मसात गर्ने र बिचार फेर्ने आन्दोलनमा कम्युनिष्ट पार्टीहरुको भूमिका पनि धिमा नै देखियो । यो भन्दा ठुलो बिडम्बना के हुनसक्छ महिला आन्दोलनकर्मीहरुका लागि ? पुँजिवादी सत्ता र शक्तिहरुले त महिला मुक्तिका निमित्त कुनै प्रभावकारी कदम उठाएनन नै । यो कुरा कुनै अनौठो र आश्चर्यजनक पनि भएन । पुजिवादी सत्ता र शक्ति महिलाहरुलाई दृष्टिकोणमा नै खोट देखिन्छ । 

पुँजीवादी सत्ता र शक्तिले महिलालाई बिशुद्ध उपभोग्य बस्तुको रुपमा बुझदछ । उनीहरुलाई सुन्दर प्रजातिको रुपमा हेर्दछ र अझ किटान गरेर भन्दा त पुँजिवादी सत्ताले महिलालाई आफनो यौन आनन्दीको एउटा साधनको रुपमा लिन्छ  र उनीहरुलाइ नागरिकको दर्जा दिन समेत तयार हुदैन । यो दृष्टिकोण महिला आन्दोलनको सबैभन्दा घातक सोंच र निन्दनीय सोंच र दृष्टिकोण हो तर यो दृष्टिकोण प्रति महिला आन्दोलनले शसक्त प्रतिवाद गर्न सकेको छैन । 

कतिपय अवस्थामा त महिला आन्दोलनका कतिपय पुँजिवादी मान्यता बोक्ने महिलाहरुलाई यो दृष्टिकोण नै उपयुक्त लाग्ने गरेको छ । महिलाहरु यस दृष्टिकोणबाट प्रभावित भएकै कारण आज पुँजिवादी बिश्वले उनीहरुलाइ सन्दर प्रजाती र सुन्दर बस्तुको रुपमा र उपभोग्य बस्तुको रुपमा प्रयोग गरिरहेको छ र महिलाहरु पनि त्यो दृष्टिकोणमा स्पष्ट नभएर पुँजिवादी सत्ताको शिकार बन्न पुगेका छन । 

यसको अन्त्य बिना महिला मुक्ति सम्भव नै टा साधनको रुपमा लिन्छ  र उनीहरुलाइ नागरिकको दर्जा दिन समेत तयार हुदैन । यो दृष्टिकोण महिला आन्दोलनको सबैभन्दा घातक सोंच र निन्दनीय सोंच र दृष्टिकोण हो तर यो दृष्टिकोण प्रति महिला आन्दोलनले शसक्त प्रतिवाद गर्न सकेको छैन । 

कतिपय अवस्थामा त महिला आन्दोलनका कतिपय पुँजिवादी मान्यता बोक्ने महिलाहरुलाई यो दृष्टिकोण नै उपयुक्त लाग्ने गरेको छ । महिलाहरु यस दृष्टिकोणबाट प्रभावित भएकै कारण आज पुँजिवादी बिश्वले उनीहरुलाइ सन्दर प्रजाती र सुन्दर बस्तुको रुपमा र उपभोग्य बस्तुको रुपमा प्रयोग गरिरहेको छ र महिलाहरु पनि त्यो दृष्टिकोणमा स्पष्ट नभएर पुँजिवादी सत्ताको शिकार बन्न पुगेका छन । यसको अन्त्य बिना महिला मुक्ति सम्भव नै छैन । यो पुँजिवादी कुत्सीत दृष्टिकोण बदल्नु आजको महिला आन्दोलनको सबैभन्दा ठुलो चुनौति पनि हो ।

 पुँजिवादको यो चिन्तन, दृष्टिकोणबाट महिलाहरु मुक्त हुनैपर्दछ । यो महिला आन्दोलनलाइ कमजोर बनाउने शिवाय केही होइन । 

अर्काेतर्फ केही अतिवादी महिलाहरुले महिला समस्यालाई बिशुपुँजिवादको यो चिन्तन, दृष्टिकोणबाट महिलाहरु मुक्त हुनैपर्दछ । यो महिला आन्दोलनलाइ कमजोर बनाउने शिवाय केही होइन । 

अर्काेतर्फ केही अतिवादी महिलाहरुले महिला समस्यालाई बिशुद्ध लिंगीय समस्याका रुपमा बुझने गल्ति गरेका छन । यो सतही बुझाइका कारण पनि महिला आन्दोलनमा समस्या देखिने गरेको । महिला समस्या लिंगिय समस्या मात्र होइन यो बर्गिय समस्याको स्तरमा रहेको सामुदायिक समस्या हो । कतिपय अवस्थामा त यो समस्या बर्गिय समस्याभन्दा तिव्र घनत्वमा देखापर्ने गरेको छ ।

बर्गिय समस्या उत्पादन सम्बन्ध  र उत्पादक शक्तिको आधारमा निर्धारण हुन्छ तर महिला समस्या हरेक जाति, क्षेत्र,समुदाय र प्रत्येक परिवार प्रत्येक पुरुषबाट हुने गरेको छ । तसर्थ यो बर्गिय समस्या हुँदाहुँदै पनि कतिपय अवस्थामा यसको घनत्व असाध्ये बढी देखिन्छ । 

आठ हजार बर्ष लामो शोषणको इतिहास बोकेको महिला उत्पीडनको अन्त्य महिला एक्लैको जिम्मेवारी र दायित्व होइन बरु यो संसारका ६ अर्व मानिसहरुको सामुहिक दायित्वभित्र पर्न आउँछ । ति ३अर्व महिला उत्पीडनको पिडामा हुन्जेल संसारले समुन्नत बिश्व र समृद्ध समाजको परिकल्पना गर्न सक्दैन । यदि बिश्वको शोषणरहित र समातामुलक समाजको परिकल्पना गर्नेहो भने महिला उत्पीडनको अन्त्य हुनैपर्छ । 

यो आजको बिश्वको आवश्यकता र कार्यभार समेत हो । आजको श्रमिक दिवस मनाइरहँदा संसारकाका मानिसहरुमा यो सद्धबुद्धि प्राप्त होस । 

श्रमिक महिला दिवसको शुभकामना । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर