• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

भनेजुएलाको संघर्ष : वित्तीय सम्राज्यसँगको लडाई हो

छोटकरीमा अमेरिकी रणनीति  
अमेरिकी ‘नव चुनाबी नेतृत्व’ रणनीति छिटो गतिमा बढीरहेको स्पष्ट छ ः जस्तै, मानवीय सहायता प्रदान गर्ने बाहानमा कोलम्बिया–भेनेजुएला सीमामा एक तटीय नाका स्थापना गर्नु । अमेरिकी प्रतिनिधिलाई सीमा पार गराउन भेनेजुएलालाई सहयाताको नाउमा उपयोग गर्नु । भेनेजुएलको कोलम्बिया र ब्राजिलसँगको सीमाहरुभित्र राजनीतिक र सैन्य संरचनालाई स्थापना गरेर त्यहाँबाट भेनेजुएलाको भित्रसम्म पस्ने प्रयास र सक्रियता बढाउनु । भेनेजुएलाभित्र दोहोरो राज्य र सरकारको स्थापना गर्नु । भेनेजुएलालाई एक तितरवितर भएर खस्किँदो राज्यका रुपमा लाँदै त्यसभित्र दोहोरो शक्ति स्थापित गर्नु आदी । 

सञ्चारमाध्यमलाई उपयोग गर्दै भेनेजुएलाका नागरिक राष्ट्रपति मादुरोको सरकार विरुद्ध उठिरहेको छन् भन्ने देखाइदैँन्छ, तर वास्तवमा यो अमेरिकी प्रतिनिधि शक्तिको घुसपैठ हो, जहाँ अवसरवादी स्थानीय राजनीतिज्ञ, सेना र अन्य विजयी क्षेत्रहरुले सञ्चारमाध्यमको भरपुर प्रयोग गरिरहेका छन् । 

मदुरो सरकारले भेनेजुएलाको अर्थब्यवस्थाको गलत प्रबन्ध गरेको र आफ्ना नागरिकलाई गरिबीमा धकेलेको भन्दै आक्रमण र शासन परिवर्तनको मुख्य वैचारिक औचित्यको उपयोग गरिरहिएको छ । 

यस आक्रमणको समर्थनमा प्रजातन्त्रवादी भनिनेहरु अहिले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग मिलिरहेका छन्, उदारवादी प्रमुख अमेरिकी सञ्चारमाध्यम, यसका साथै दक्षिणपन्थि पक्षका मिडिया, दुवै एउटै लाइनमा अघि बढिरहेका छन्, जसले आक्रमणका लागि अमेरिकी विरोधीलाई कुण्ठित पार्दै अन्तिम सैन्य आक्रमण सुरु हुनुअघि एक अर्को युद्ध सुरु गरिरहेका छन । 

एक वर्षअघि भएको प्रजातान्त्रि निर्वाचनबाट फेरी सत्तामा फर्किएका मदुरोलाई कही कतै ‘जनाताको इच्छा’को रुपमा प्रस्तत गरिएको छैन । उनी कसरी अपारदर्शी र अविश्वासिलो भए भन्ने कुराको स्पष्टीकरण दिइएको छैन । न त अमेरिकी नीतिहरु र कार्यहरुले भेनेजुएलाको मुद्रा र अर्थव्यवस्थालाई नष्ट गर्नमा कसरी केन्द्रिय भूमिका निभाएको छ, भन्ने स्पष्ट पारिएको छ । वास्तवमा भेनेजुएलाको अर्थव्यवस्थालाई अस्थिर पार्नका लागि प्रयोग गरिएका वित्तीय परिधि अपारदर्शी छन् । 

वितीय सम्राज्यवाद 
अमेरिकी सम्राज्यवादले एक राज्य र देशलाई दबाउन कसरी वित्तीय परिधिहरुलाई लागु गर्छ भन्ने २१औँ शदाब्दीको भेनेजुएला एक उत्कृष्ट उदाहरण हो । जसले अमेरिकाको विश्वव्यापी आर्थिक साम्राज्यबाट अलग हुने र अमेरिकी साम्राज्यको आर्थिक र वित्तीय सम्बन्धको जालभन्दा बाहिर एक स्वतन्त्र पाठ्यक्रमलाई पछ्याउने हिम्मत गरेको छ । 

यहाँ यो बताइएको छ, कि अमेरिकी वित्तीय साम्राज्यवादले कसरी काम गरेको छ र भेनेजुएलाको मामिलामा शासन परिवर्तनमा सहयोग गर्ने हेतुसँगै कसरी यस कामलाई जारी राखेको छ । 

यो विश्वमा अमेरिकी पुँजीवादको प्रमुख वर्चस्व अमेरिकी मुद्रा ‘डलर’ हो, जुन अमेरिकी वैश्विक आर्थिक साम्राज्यको केन्द्र विन्दु पनि हो । डलरले विश्वव्यापी व्यापारिक मुद्राका साथसाथै विश्वव्यापी बैँकिङ मुद्राको रुपमा पनि काम गर्छ ।  सबै विश्वव्यापी व्यापार(आयत र निर्यात)को ८५ प्रतिसतभन्दा बढी डलरमै गरिन्छ । केही प्रमुख उपयोगी सामाग्रीको व्यापार, जस्तै तेल र तेलको सम्झौँताहरु पनि लगभग डलरमै गरिन्छ । 

हाल धेरैजसो देशले आफ्नो मुद्रालाई डलरमै कारोबार गर्न थालेका छन्, जसमा डलरसँग मिलेर चलिरहेको छ । केहीले त आफ्नो मुद्रालाई पूर्ण रुपले समाप्त गरेका छन् र अब खाली अमेरिकी डलरलाई आफ्नो राष्ट्रि मुद्राको रुपमा प्रयोग गर्ने गर्छन् । 

त्यस्तै, धेरैजसो देशहरुले आफ्नो घरेलु ऋणपत्रलाई डलरमा निष्कासन गर्न थालिसकेका छन् र उनीहरुको केन्द्रिय बैँकले अमेरिकी केन्द्रिय बैँक, फेडरल रिजर्भको नीतिको पालना गर्छन्, किनकि यसले अमेरिकी ब्याज दरलाई बढाउँछ र कम गर्छ, जसले गर्दा अमेरिकी डलर बढ्ने र घट्ने कारण बन्छ । 

उनीहरु यसो यस कारणले पनि गर्छन्, किनकि बढ्दो अमेरिकी ब्याज दरको अर्थ उनीहरुको आफ्नो बढ्दो अर्थव्यवस्थको बढ्दो दर हुन्छ, यसको सम्बन्ध व्यापारिक मन्दी र ठूलो संख्यामा बेरोजगारीसँग छ । यी सबै अमेरिकी सम्राज्यवाद र अर्थव्यवस्थाका साथ बढ्दो वित्तिय एकिकरणको उदाहरणहरु हुन् । 

तर, त्यस्ता अर्थव्यवस्थाहरु जो आफ्नो मुद्रा आफैँ बनाइराखेका छन्, उनीहरु पनि अमेरिकी डलरको दयामा टिकेका छन् । जबदेखि डलर विश्वव्यापी व्यापार र आरक्षित मुद्रा बनेको छ, त्यसबेलादेखि अमेरिकी मौन्द्रिक नीतिमा परिवर्तन वा अमेरिकी मुद्रास्फितीको दबाबका कारण डलरको मुल्य बढ्ने वा खाली डलरको आपूर्ती हुने वा मागमा परिवर्तन हुदा अन्य देशको मुद्रामा गिरावट आउँछ । 

जब डलर मुल्यमा वृद्धि हुन्छ, अन्य मुद्रामा गिरावट आउँछ । त्यसैले विश्वव्यापी विनिमय दर २१औँ शताब्दीको विश्वव्यापी अमेरिकी साम्राज्यवादमा कसरी काम गर्छ, जहाँ डलर ट्रन्डिङ रिजर्भ मुद्रा बनेको छ । 

अन्य मुद्राहरु – ब्रिटिस पाउन्ड, युरो र यो भन्दा पनि कम जापानी यान वा चिनियाँ युआन, अहिले पनि भण्डारण वा व्यापारिक मुद्राको रुपमा महत्व बिहीन छ । तर, अमेरिकी साम्राज्यको एक प्रमुख स्तम्भको रुपमा रहेको डलरलाई यसले चाँडै परिवर्तन गर्छ भन्ने प्रतीत पनि हुन्छ । 

अमेरिकासँग कुनै पनि देशको मुद्रामा आएको गिरावटलाई बढाउने शक्ति छ । कुनै पनि देशको मुद्रामा गिरावटको अर्थ हो, आयातित वस्तुहरुको मुल्य छिटो गतिमा बढ्नु । विशेषगरी त्यस्ता वस्तुहरुमा जुन खाली आयतद्धारा मात्रै पूर्ति गर्न सकिन्छ, जस्तै, औषधी, महत्वपूर्ण खाद्य वस्तुहरु, घरेलु औद्योगिकका लागि आवश्यक व्यापारिक वस्तुहरु इत्यादि । 

आयातको मुद्रास्फितीमा वृद्धि भएका कारण घरेलु व्यावसायहरु सस्तो संसाधन, सामाग्रीको कमीका कारण उत्पादनमा कटौती गर्नुपर्ने हुन्छ । लामो समयसम्म अड्किनुले उत्पादनमा गिरावट ल्याउँछ । 

प्रमुख आयात, मद्रास्फिती र घरेलु उत्पादनमा गिरावटका साथै व्यापक अभाव र यस अभावका कारण उत्पन्न बेरोजगारीले सामाजिक असन्तुष्टि र सरकारका लागि समर्थनमा नोक्सानी पुर्याउँछ । विपक्षी समूह र पार्टीहरु यी समस्याहरुको कारण सरकारद्धारा अर्थव्यवस्थाको कुप्रबन्ध, नेताहरुद्धारा भ्रष्टचार वा सामान्य रुपले खाली समाजवादी नीतिहरुका कारण भन्छन् । 

तर, वास्तवमा, अभाव, मुद्रास्फिती, उत्पादन, बेरोजगारी जस्ता आर्थिक संकटहरु अमेरिकी साम्राज्यवादी नीतिहरुद्धारा बनाइएका मुद्राको गिरावटको मुख्य कारणको रुपमा हेर्न सकिन्छ, जसको उद्देश्य अर्थव्यवस्थालाई बिगारेर शासनलाई परिवर्तन गर्ने भूमिका निर्वाह गर्नु र अमेरिकी विश्वव्यापी आर्थिक साम्राज्यका लागि आर्थिक सुदृढीकरणको आर्थिक एकिकरण गर्नु हो ।  

यस्ता धेरै बाटाहरु छन्, जहाँबाट अमेरिकाले अरु देशको अर्थतन्त्रमा नियन्त्रण गर्न सक्छ र गर्छ, जसबाट देशको मुद्राको गिरावट हुन्छ । केही लक्षित देशको अर्थव्यवस्थामा डलरको भारी अभावको कारण बनाउनका लागि अमेरिकाद्धारा एक समूहको डिजाइनमा एउटा बिशेष परिधिको निर्माण गरिएको छ । 

डलरको अभावले कुनै पनि लक्षित अर्थव्यवस्थामा अमेरिकी डलरको मूल्यमा वृद्धि गराउँछ, जसको बदलामा देशको आफ्नो  मुद्राको मूल्यमा गिरावट ल्याउछ । अमेरिकाले भेनेजुएलाको मुद्रा ‘द बोलिभर’लाई एक वर्षका लागि गिरावटको कारण बनाएको छ ।

– पहिलो कारण, भेनेजुएलामा डलरका कारण देश बाहिर जाने क्रम बढ्नु र दोश्रो भेनेजुएलालाई विदेशीहरुबाट डलर प्राप्त गर्नका लागि रोक्नु । 

पछिल्लो केही वर्षमा अमेरिकी नीतिले भेनेजुएलामा व्यापार गर्दै आएका अमेरिकी कम्पनीलाई आफ्नो डलर फिर्ता गर्न बाध्य बनाउँदै आएको छ । अन्य सहायक कम्पनीहरुलाई वा त भेनेजुएलालाई छोड्न वा उनीहरुसँग आफ्नो डलर लिनका लागि र विश्वस्तरमा ‘डाइभर्ट’ गर्न भनेका छन् ।

अमेरिकी नीतिले धनाढ्य भेनेजुएलाका नागरिकलाई देश बाहिर लाने र उनीहरुलाई कोलम्बियामा लगानी गर्नका लागि प्रचार पनि गर्यो, जहाँ अमेरिकाले कोलम्बिया सरकारको सहयोगीको सहयाताबाट एक अनलाइन लगानी फर्मको व्यवस्था गरेको छ । 

पैसावाल भेनेजुएलीलाई ‘मियामी बैँक’मा आफ्नो पैसा पठाउनका लागि पनि प्रोत्साहित गरिएको छ । र ठूलो संख्यामा पैसा पठाउनका लागि अमेरिकाले आफ्नो डलर आफूसँगै लग्न वा डलरको बदलामा उनीहरुको ‘बोलिभरर्स’लाई त्याग्न लगायो । 

भेनेजुएलाबाट डलर बाहिरिँनुले डलरको मूल्यलाई बढायो, जुसले गर्दा भेनेजुएला कालो बजारको रुपमा चित्रित भयो, जसले भेनेजुएलामा बोलिभरको मुल्यलाई अझ कम गर्छ । यद्यपि, यी उपायहरुले भेनेजुएलाको अर्थव्यवस्थाबाट डलर बाहिरिनुको भरपाईको प्रयासमा, विश्वव्यापी बजारमा डलर प्राप्त गर्नबाट रोक्नका लागि अमेरिकी साम्राज्यवादी प्रयासलाई कमजोर बनाउँछ । 

उदाहरणका लागि, अमेरिकाले भेनेजुएलालाई डलर ऋण दिनबाट अमेरिका र विश्वका बैँकलाई रोक्ने काम वा भेनेजुएलाको ऋण मुद्दामा ‘अन्डरराइटिङ’ र बिमामा भाग लिनुबाट रोक्नुका लागि कारवाही गरेको छ, जसको अनुमति दिएमा भेनेजुएलाका लागि पनि डलर बढ्नेछ । 

बैँक ऋण र ऋणपत्र यसरी सुख्खा बन्यो, जसले सरकारलाई डलरको वैकल्पिक स्रोतहरुबाट बञ्चित गरायो । अत्याधिक डलरको कमी, अत्याधिक बोलिभर राष्ट्रिय मुद्राको गिरावट, जसले आयातमा महंगी, अधिक मुद्रास्फिती, बढी मूल्य, उत्पादनमा गिरावट, बढ्दो बेरोजगारी...बढ्दो असन्तुष्टि आदि समस्या निम्तियो । 

भेनेजुएलालाई डलरबाट वञ्चित गर्ने प्रयास गरिरहेको अमेरिकाको मुख्य प्रयास भेनेजुएलाको तेललाई किन्ने प्रयास गर्ने अन्य देशहरुमाथि प्रतिबन्ध लगाउनु हो । भेनेजुएलाका लागि तेलको बिक्री देशको डलर भित्र्याउने पहिलो एक स्रोत हो, किनकि सबै तेलको व्यापार डलरमा गरिन्छ र भेनेजुएला आफ्नो सम्पूर्ण सरकारी राजस्वको ९५ प्रतिशत आफ्नो तेल बिक्रिमा निर्भर रहन्छ । 

अमेरिकाले खरिद गर्नेमाथि प्रतिबन्ध लगाउँछ र यसरी डलरसम्म पुग्न दिँदैन, जसले भेनेजुएलाबाट बाहिर डलरको उडानलाई प्रोसाहित गर्ने र देशद्धारा बैँक ऋण र ऋणपत्र जारी गर्नमा कटौती गर्ने काम गर्छ । र यदि अग्रिम ऋणपत्र र ऋण ‘डलर डिनोमिनेटेट’मा भए, यसले ब्याज र मुलधनको भुक्तान गर्नका लागि डलरको कमीले सिधा व्यावसायिक गिरावट र बेरोजगारीतर्फ डोहोर्याँछ । 

भेनेजुएलाले आफ्नो तेल चीन, रुस र केही अन्य देशहरुमा बिक्री गर्ने प्रयास गरेको छ । डलरमा भुक्तानी गर्नुभन्दा तेलको सिपमेनटबाट पछिल्लो ऋणमाथि आफ्नो ब्याज र मुलधनको भुक्तान गन सहायता लिनका लागि यहाँको सरकारलाई बाध्य गरिएको छ । 

अमेरिकाले अन्य देशहरुमाथि आफ्नो इच्छाशक्ति लागु गर्नका लागि एक आर्थिक हतियारको रुपमा प्रतिबन्धहरु लगाएको छ, जुन अहिले गरिरहेको छ, धेरै देशहरु यस रणनीतिका बारेमा जागरुक भइरहेका छन् र प्रतिवाद गरिरहेका छन् । उनीहरु डलरलाई त्यागिरहेका छन् वा उनीहरु विश्व बजारमा डलरको खरीदलाई कमी गरिरहेका छन् र सुन किनिरहेका छन् । गैर–मुद्रामा निर्भर व्यापारका साथ चीन र रुस यसमा अगाडी छन् । 

हालै, अमेरिकाद्धारा चालिएको अर्को कदम भेनेजुएलाको डलरलाई अस्विकार गर्नु  र मुद्रामा गिरावट आउनु अमेरिकामा भेनेजुएला तेल कम्पनी ‘सिआईटिििजओ’लाई जफत गर्नका लागि गरिएको छ । भेनेजुएलामा यसको रेमिट्यान्स डलरमा गरिएको छ । 

‘सिआईटिजिओ’लाई जफत गरेर अमेरिकाले भेनेजुएलालाई डलरको एक अर्को स्रोतबाट वञ्चित गर्छ । तर, भेनेजुएला खाद्यान्न, औषधी र अन्य आर्थिक रुपले महत्वपूर्ण सामाग्रीको आयात गर्न सक्षम हुनसक्छ । त्यसैले, यहाँ स्पष्ट हुन्छ, भेनेजुएला यस मुद्दामा स्पष्ट रुपले अमेरिकी नीतिका कारण यी महत्वपूर्ण आयातहरुलाई स्विकार गर्नका लागि बाध्य छ, न कि सरकारद्धारा आर्थिक कुप्रबन्धका कारण । 

यसबाहेक, अपमानको चोटलाई जोड्दै, अमेरिकाद्धारा जफत गरिएको ‘सिआईटीजिओ’को डलर कोषहरुलाई भेनेजुएला सरकारको विरोधीहरु र अमेरिकाको आफ्नो सहयोगीको रुपमा गुइदोलाई पुर्याइँदैछ । 

अब विपक्षले भेनेजुएलालाई अगाडि दिइएको धनका साथ आफ्नो काउन्टर क्रान्तिको वित्तपोषण गर्नुछ । जवाफी क्रान्तिलाई महत्वपूर्ण वस्तुहरु तथा सेवाहरुको मुल्यमाथि वित्तिपोषण गरिन्छ, जुन भेनेजुएलाका नागरिकका लागि उपलब्ध हुनसक्थ्यो । 

‘सिआईटिजिओ’ जफत गर्नु डलरको अभावको एक मात्र उदाहरण होइन । लगानी, अमेरिकी बैँकमा नगद लगानी आदिलाई पनि जफत गरिँदैछ । र खाली भेनेजुएला सरकारबाट मात्रै होइन । भेनेजुएली व्यक्तिगत कम्पनीहरु र नागरिक पनि अमेरिकामा आफ्नो सम्पती राख्छन् । र अमेरिका विदेशी सरकारमाथि सम्पतिका साथसाथै सरकार, व्यावसायहरु र नागरिकलाई जफत गन दबाब बढिरहेको छ, जसले गर्दा भेनेजुएला नागरिक र कम्पनीको सम्पती जफत हुनसक्छ ।

अन्तराष्ट्रिय कानुनको सिधा उल्लंघन गर्दै, हालै अन्य देशहरुमा बन्द गरिएको भेनेजुएलाको सुनको सेयरलाई जफत गरिएको छ । हालैमा, अमेरिकी कम्पनी र मेगा बैँक, सिटीग्रुपलाई आफ्नो सम्झौँताको उल्लंघन गरेको भन्दै भेनेजुएलाको सुनलाई फिर्ता दिनका लागि बाध्य गरिएको छ । बैँक अफ इंगल्याण्डलाई बेलायतमा जम्मा भएको भेनेजुएलाको सुनलाई फ्रिज गर्न भनिएको छ र उसले अमेरिकाको मागको पालना गरिरहेको छ । 

त्यस्तै, आबुधाबीलाई पनि भेनेजुएलासँग सुनको कारोबार गर्न बन्द गर्न भनिएको छ, जहाँ विश्वव्यापी स्तरमा सुनको व्यापार हुन्छ । अमेरिकी डलरका लागि सुन पैसाको अर्को रुप हो । त्यसो हो भने भेनेजुएलाका लागि सुनको पहुँच रोक्नु डलरको उपयोगलाई रोक्नु समान हो । आफ्नो सुनबाट भेनेजुएलाले सजिलै डलर साट्न सक्छ, वा सिधा सामानको रुपमा व्यापार गर्न सक्छ । यस्तोमा मुल्यामा गिरावट र बिक्रेताको भुक्तानको रुपमा बोलिभरको उपयोगको सम्भावना कम हुन्छ ।

मुद्रामा भारी गिरावट आएको देशको अर्थव्यवस्थामा अन्तराष्ट्रिय मुद्रा कोष, आईएमएफबाट आफ्नो मुद्रालाई स्थिर गर्नका लागि क्रण प्राप्त गर्छन्, जस्तै, अर्जेटिना, टर्की, दक्षिण अफ्रिका र पाकिस्तान । तर, आईएमएफ सन् १९४४ मा अमेरिकाद्धारा स्थापित एक संस्था हो । अमेरिकासँग आफ्नो नजिकको युरोपेली सहयोगीसँग आईएमएफको फैसलामाथि बहुसंख्यक मत छ । अमेरिकाबाट अस्विकृत कुनै पनि काम आईएमएफले गर्दैन । यसको उद्देश्य देशहरुलाई आफ्नो मुद्रा स्थिर गर्नका लागि आवश्यक ऋण दिनु हो । तर, अमेरिकी साम्राज्यवादको परिशिष्टको रुपमा आईएमएफले भेनेजुएलालाई आफ्नो मुद्रा स्थिर गर्नमा मद्दतका लागि ऋण दिन अस्विकार गरेको छ ।

तर, यसको विपरित आईएमएफले अर्जेन्टिनालाई ५० अर्ब डलरबढी ऋण दियो, जसले आफ्नो वर्तमान व्यवसाय र अमेरिकाबीच अनुकुल मैत्री सम्बन्ध राखेको थियो । 

जसरी अमेरिकी डलरको कमीका कारण भेनेजुएलाको मुद्रामा गिरावट आयो, भेनेजुएलाले झन् बोलिभर मुद्रा छाप्नुपर्छ ताकि उसले विदेशीबाट सामान किन्न सकोस् । मुद्रामा गिरावट आउनुको अर्थ, आयातित सामानको मुल्य आनुपातिक रुपले बढेर जानु हो । यस्तोमा, बोलिभरले ती सामानहरुलाई खरिद गर्न आवश्यक छ, जसको मुल्य लगातार बढिरहेको छ । जति बोलिभर छापिन्छन्, त्यति नै अर्थव्यवस्थामा बोलिभरको आपूर्तिलाई जोड्छ, जसले राष्ट्रिय मुल्य मुद्रास्फितीलाई अझ बढाउँछ । बोलिभरको धेरै आपूर्ति कुप्रबन्धका कारण होइन, यो डलरको कमी र भेनेजुएला सरकारद्धारा हताश प्रयासका कारण कुनै पनि प्रकारको आयातीत सामाग्रीलाई बढाउनका लागि भुक्तानका कारण हो । 

सन् २०१७–१८ मा कच्चा तेलको झर्दो मुल्यले बोलिभरमाथि अझ दबाब पर्यो । विश्व स्तरमा तेलको मुल्यको गिरावट अमेरिकी नीतिसँग असम्बन्धित प्रकट हुन्छ, तर यस्तो थिएन । सन् २०१८ मा भेनेजुएलाले तेल मुल्यमा ४० प्रतिशत गिरावटका साथ धेरैजसो चीन र रुसलाई बेच्न जारी राख्यो । सन् २०१८ को विश्वव्यापी तेल मुल्य स्फिती घटाउने कामले भेनेजुएलाका लागि कम राजस्व उपलब्ध गरायो र त्यसरी नै डलर पनि । 

तर, त्यो पनि अप्रत्यक्ष रुपले अमेरिकी नीति तथा आर्थिक स्थितिहरुका कारण थियो । सन् २०१८ मा तेलको झर्दो मुल्यको श्रेय सिधा रुपले अमेरिकी तेल उत्पादहरुलाई दिइन्छ, जो एक दिनमा एक लाख ब्यारेलभन्दा बढीको उत्पादन गर्छ, जसबाट विश्वमा तेलको आपूर्ति वृद्धि भयो र विश्वमा तेलको मुल्यमा गिरावट आयो । अमेरिकी ‘सेल ओभरप्रोडक्सन’ र ‘साउदी ओभरप्रोडक्सन’को परिणाम स्वरुप सन् २०१८ मा विश्वव्यापी तेलको मुल्यमा ४० प्रतिशत गिरावट आयो, जसले गर्दा भेनेजुएलाको तेलको बिक्रीमाथि अमेरिकी प्रतिबन्धका कारण आवश्यक सरकारी राजस्वबाट भेनेजुएला वञ्चित छ । 

सन् २०१८ मा अमेरिकी मौन्द्रिक नीतिले भेनेजुएलामा मुद्रा संकटलाई अझ बढायो । सन् २०१७–१८ मा अमेरिकी केन्द्रिय बैंकले ब्याजदर बढाउने नीति सुरु गर्यो । अन्य विश्व केन्द्रिय बैँकले अमेरिकी केन्द्रिय बैँकलाई जवाफ दिए, जसका कारण विश्वमा दर बढ्न थाल्यो । अमेरिकी ब्याजदरमा बढोत्तरीले अमेरिकी डलरमा पनि बढोत्तरी भयो र सन् २०१७–१८ मा डलर बढेसँगै बजारको बढ्दो मुद्रामा गिरावट आयो । जसको प्रभाव भेनेजुएलामा पनि पर्यो । 

अप्रत्यासित भmर्दो मुद्रालाई भेनेजुएलामा ‘क्यापिटल फ्लाइट’ भनिन्छ । कम पुँजीको अर्थ कम उत्पादन र बढी बेरोजगारी हुन्छ । त्यसैले, मुद्रामा गिरावट खाली मुद्रास्फिती मात्रै नएर मन्दीको रुपमा पनि देखिन्छ । पँुजी लडाई रोक्दा माथि उठ्दो बजारको अर्थव्यवस्थाहरुले आफ्नो घरेलु ब्याजको दरलाई बढाउँछ । 

अन्य देशहरु, बैँकहरु र कम्पनीहरुको समुन्द्र तटीयमा अमेरिकी प्रतिबन्ध खाली भेनेजुएलालाई तटीय डलर र पुँजीसम्म पुग्नबाट रोक्नका लागि डिजाइन गरिएको छैन । यो प्रतिबन्धले तेल र अन्य प्रमुख कच्चा पदार्थजस्ता सामाग्रीलाई पनि लक्षित गरेको छ । तर, एक अर्को माध्यम छ, जसद्धारा अमेरिका वास्तविक वस्तुहरुको प्रवाहलाई एक देशबाट कम गराउँछ । त्यो हो, अमेरिकी नियन्त्रित अन्तराष्ट्रिय भुक्तानी विनिमय प्रणाली, जसलाई ‘एसडब्ल्युआइएफटि’ भनिन्छ । 

यो त्यो ठाउँ हो, जहाँ अमेरिकी बैँक एक मुद्राबाट अर्को मुद्रामा परिवर्तन गरी एक बैँकबाट अर्को देशमा कोष स्थानान्तरण गरेर वस्तुहरु तथा सेवाहरुका लागि भुक्तान र विनिमयको व्यवस्था गर्छ । अमेरिकाले भेनेजुएलालाई विशेषगर्री ‘एसडब्ल्युआइएफटि’ प्रणालीको उपयोग गर्नबाट रोकिरहेको छ । 

यहासम्म कि यदि कुनै अन्य देश भेनेजुएलाको सामान खरिद गर्नका लागि तयार छ, जसमा तेल पनि सहभागी छ र आफनो मुद्रासँग बोलिभर मुद्राको आदान–प्रदान गर्छ भने यसलाई अमेरिकी बैँक–नियन्त्रिर्ण  ‘एसडब्ल्युआइएफटि’ प्रणालीद्धारा यस्तो गर्नबाट रोकिन्छ । 

छोटकरीमा :
भेनेजुएला विरुद्ध दशकौँदेखि वित्तिय साम्राज्यवाद चलिरहेको छ, तर वित्तिय परिधि(उपायहरु)लाई लागु गर्नका लागि भेनेजुएलामाथि आक्रमण हालैदेखि तेज भएको छ, किनकि अमेरिकी ‘नव चुनाबी नेतृत्ववाला’ र साम्राज्यवादीहरुले भेनेजुएलामा शासन परिवर्तनमा बाध्य गर्नका लागि, सैन्यसहित राजनीतिक साधनहरुद्धारा प्रत्यक्ष आक्रमण सुरु गर्ने आफ्नो योजनालाई अघि बढाएको छ । 

अमेरिकाद्धारा भेनेजुएला विरुद्ध वित्तीय लडाई भेनेजुएलाको मुद्रालाई नष्ट गर्न डिजाइन गरिएका हुन् । साम्राज्यवादलाई प्राय सैन्य विजयी र उपनिवेशवादको रुपमा मानिन्छ । यो सन् १९ओँ शताब्दीको बृटिश र युरोपेली साम्राज्यवाद हो । तर, २१औँ शताब्दमिा अमेरिकी साम्राज्यलाई उपनिवेशवादको आवश्यकता छैन । 

अन्य अर्थव्यवस्थाको एकिकरणका लागि र बाँकी विश्वसँग मुल्य र धन निकाल्नका लागि अमेरिकासँग एक अर्को कुशल प्रणाली छ । सन् २१औँ शताब्दीको अमेरिकी साम्राज्यवाद वित्तीय सम्बन्धको एक गहिरो जालद्धारा एकसाथ बुनिएको छ, जसले आर्थिक शक्तिको थुप्रै तहहरु वहन गर्छ, र चाहेमा तान्न सक्छ । 

र जब ती आर्थिक र वित्तीय तहहरु घरेलु शक्ति र सरकारलाई उखालेर फ्याक्नमा अपर्याप्त साबित हुन्छन्, जो सामज्यवादको आर्थिक र राजनीतिक सम्बन्ध भन्दाबाहिर एक स्वतन्त्र पथलाई पछ्याउने उद्देश्य राख्छ, भने अर्थव्यवस्था पूर्ण रुपले खस्किएपछि सिधा आक्रमाण गरिन्छ । यस्तै हालत आज भेनेजुएलाको छ । वित्तीय साम्राज्यवादले प्रत्यक्ष रुपले राजनीतिक र सैन्य गतिविधिका लागि मार्ग दर्शन गरेको छ । 

(लेखक डा. रासमस हालै प्रकाशित पुस्तक ‘सेन्ट्रल बैँकर्स अन द रोप्सः मोनेटरी पोलिसी एण्ड द कमिङ डिप्रेशन’ र आगामी पुस्तक ‘द स्कोर्ज अफ नेओलिबरलिज्मः युएस पोलिसी फ्रम रेगन टु ट्रम्प’का लेखक हुन् । उनको यो आलेख समाचार दैनिककालागि गिता सुब्बाले अनुवाद गरेकी हुन् ।)

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर