• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष गुरुङको घरमा बम विष्फोट

रोकिराखेको गाडीमा क्षेती

काठमाडौं । काठमाडौंको बसुन्धरास्थित वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङको घरमा बम विष्फोट भएको छ । गुरुङले  आफ्नै घरमा पार्किर्ङ मा राखेको गाडीमा अज्ञात समुहले शुक्रबार साँझ बम विष्फोट गराएको हो ।  

महानगरीय प्रहरी परिसर टेकुका प्रमुख एसएसपी वसन्त लामाका अनुसार अज्ञात समुहले बम विष्फोट गराएको हो । गुरुङ अपरान्ह १२ बजेदेखि घरमै थिए । उनले चार तलामाथिबाट ठूलो विष्फोटको आवाज सुनेपछि हेर्दा गाडीमै आगो लागेको देखेर प्रहरीलाई खबर गरेका थिए ।

विस्फोटपछि कारमा आगलागी हुन पुगेको थियो । आगलागी दुई वटा दमकल, प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको जनाइएको छ । 

प्रहरीको प्रारम्भिक जानकारी अनुसार  घरमा पार्किङ गरेर राखिएको कारमा नै शंकास्पद बस्तु विस्फोट भएको थियो । बसुन्धारा क्षेत्रमा विस्फोटको ठूलो आवाज सुनिएको थियो । 

आगलागीबाट गुरुङको घरका साथै आसपासका केही घरमा सामान्य क्षति पुगेको जनाइएको छ । 

महानगरीय प्रहरी बृत्त महाराजगन्जले घटनाको अनुसन्धान भइरहेको जनाएको छ । 

प्रहरीले अहिले बसुन्धरा क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेर खोज अनुुसन्धान थालेको छ ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर