• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

यी १० महिला : जो इतिहास रच्न सफल भए !

काठमाडौं । १०९ औं अन्तर्राष्ट्रिय महिला दिवस शनिबार विश्वभर विभिन्न कार्यक्रमका साथ मनाइयो । नेपालमा पनि महिला दिवसको अवसरमा विभिन्न कार्यक्रमहरु भएका थिए । त्यस्तै, सरकारकाले सार्वजनिक विदा समेत दिएको थियो । 

प्रधानमन्त्री केपी शर्मा ओलीले महिला दिवसको शुभकामना व्यक्त गरे । विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरुले विभिन्न क्षेत्रमा योगदान पुर्याउने महिलाहरुको सम्मान गरे । प्रधानमन्त्रीसहित राजनीतिक तथा सरकारी उच्च ओहदाका व्यक्तिहरुले महिला दिवस विशेष महत्वको भएको भन्दै शुभकामना आदानप्रदान गरे । 

महिला दिवसको सन्दर्भमा समाचार दैनिकले १० नेपाली महिलाहरुले नेपालमा रचेका ऐतिहासिक सफलताको स्टोरी प्रकाशन गरेको थियो । पाठकहरुले अत्याधिक रुचिमा राखेर अन्य महिलाहरुको सफलताको स्टोरी प्रकाशन गर्न सुझाएपछि हामीले अन्य महिलाहरुको ऐतिहासिक सफलताको बारेमा पुनः स्टोरी प्रकाशन गरेका छौं । 

याे पनि पढ्नुहाेस् ः यी १० महिला : जो नेपालको इतिहासमा नै पहिलो बने !

नेपालको शिक्षा, खेलकुद र संगित क्षेत्रमा लागेर ऐतिहासिक सफलता हासिल पार्न सफल यी महिलाहरुले चर्चा हामीले यो स्टोरीमा गरेका छौं :

१) डा. सुधा त्रिपाठी (पहिलो महिला रेक्टर)
डा. सुधा त्रिपाठी त्रिभुवन विश्वविद्यालयको रेक्टर (शिक्षाध्यक्ष) पदमा पुग्ने पहिलो नेपाली महिला हुन् । 
सुधाको जन्म वि.सं २०१५ साल जेठ २८ गते दार्जिलिङको मिरिकमा भएको हो । उनी साहित्यकार जगन्नाथ शर्मा त्रिपाठी र भवानीदेवी त्रिपाठीकी सुपुत्री हुन् । उनले दोलखाको सुनखानीस्थित श्रीकालीनाग नि.मा.वि.मा पढिन् । 

राजनीतिक जीवनका क्रममा आफू सक्रिय भई योगदान दिएको एमाले पार्टीले अपेक्षित रूपमा राजनीतिक सामाजिक एवं सांस्कृतिक रूपान्तरण गर्न नसक्ने महसुस भएपछि यस पार्टीलाई २०६५ सालमा त्याग्दै माओवादी पार्टीप्रति समर्थन जनाउँदै राजनीतिका, रूपमा सक्रिय भई माओवादी राजनीतिमा समर्पित भएर लागिपरेको देख्न सकिन्छ ।

२) संगिना वैद्य (सवैभन्दा ठूलो उपाधी जित्ने महिला खेलाडी)
नेपाली तेक्वान्दो खेलमा चर्चित नाम हो संगिना वैद्य । नेपालको खेल क्षेत्रमा अन्तर्राष्ट्रिय जगतको सवैभन्दा ठुलो उपाधि जित्ने खेलाडीका रुपमा पनि संगिनाको नाम छ । खेलाडीका रुपमा मात्र होइन पछिल्लो समय प्रशिक्षकका रुपमा पनि उनको भूमिका महत्वपुर्ण रहेको छ । 
उनी तेक्वान्दोका मुख्य सहायक प्रशिक्षक हुन् । उनी पहिलो सहायक मुख्य प्रशिक्षक हुन् । 

३) कान्छीमाया कोजु
कान्छीमाया कोजु एक नेपाली दौड प्रतियोगिताको महिला खेलाडी हुन् । नेपाल प्रहरीबाट प्रतिनिधित्व गर्दै कोजुले राष्ट्रिय स्तरका दौड प्रतियोगिताहरूमा सहभागी जनाउने गर्दछन् ।

कान्छीमायाले २०७३ सालको हाफ म्याराथनमा ५ उपाधि जितेकी थिइन् । राष्ट्रिय रेकर्डसहित म्याराथन र हाफ म्याराथनको उपाधिहरू जितेकी हुन् । उनले काठमाडौं म्याराथनमा २ घण्टा ५५ मिनेट ५७ सेकेन्डको राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् ।
उनले पिंकाथन हाफ म्याराथनमा पनि १ घण्टा १८ मिनेट २५ सेकेन्डको राष्ट्रिय कीर्तिमान रचेकी थिइन् । उनले धनगढी, नेपालगन्ज, भारतको दार्जिलिङ र कान्तिपुर हाफ म्याराथनको उपाधिसमेत जितेकी थिइन् । उनले पूर्वाञ्चलमा सम्पन्न सातौं राष्ट्रिय खेलकुदमा ५ र १० हजार मिटर दौडमा स्वर्ण जितेकी थिइन् भने ४ गुणा ४ सय मिटर रिलेमा रजत हात पारेकी थिइन् ।

४) लीला श्रेष्ठ सुब्बा (पहिलो महिला उपसभामुख)
नेपालको पहिलो महिला उपसभामुख लीला श्रेष्ठ सुब्बा (२००५–२०६७) थिइन । उनको जन्म २००५ सालमा ताप्लेजुङको सिगैचा ९ साम्मागु पाँचपलेमा भएको थियो । उनका बाबु अम्बरबहादुर मेयाङ्वो र आमा सुकमती हुन् ।

विद्यार्थी रहँदै २०३६ सालदेखि कम्युनिष्ट पार्टीमा सक्रिय उनी २०५१ सालको आम निर्वाचनमा सुनसरी क्षेत्र नम्बर–१ बाट संसदमा विजयी भएपछि २०५५ सालसम्म उपसभामुख भएकी थिएन । 

पछिल्लो समयमा उनी एमाले कन्द्रीय कमिटी सल्लाहकार समेत रहेकी थिइन । ०४८ सालको पहिलो आमनिर्वाचनमा सुनसरीको क्षेत्र नं २ बाट सांसदको प्रत्यासी रहे पनि विजयी भइनन् । दोस्रो आमनिर्वाचनमा भने सुनसरीको क्षेत्र नं १बाट निर्वाचित भइन् । ०५१ सालमा तत्कालिन उपसभामुख रामविलास यादवले राजिनामा दिएर उद्योग वाणिज्य मन्त्री भएपछि सुब्बा सर्वसम्मत उक्त पदमा निर्वाचित भइन् ।

५) झमक कुमारी घिमिरे
झमक कुमारी घिमिरे (जन्म सन् १९८०, कचिडे, धनकुटा) प्रतिभावान नेपाली महिला श्रष्टा हुन् । प्रति मष्तिस्क रोगद्वारा पीडित घिमिरे, उक्त रोगद्वारा पीडित विश्व कै १० प्रतिभावान साहित्यकार मध्ये एक हुन् । जन्मदेखि नै हात गोडा नचल्ने, उभिन, हिँड्न, बोल्न नसक्ने तर सुन्न र बुझ्न चाहीँ सक्छिन । २ खुट्टाको ३ औला मात्र चल्ने उनले तिनै ३ औलाको सहयोगले धेरै रचना प्रकाशित गरिसकेकि छिन । 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन् । उनको २०५३ सालदेखि लेखनमा रुचि बढेको हो । 

कान्तिपुर र ब्लास्ट टाइम्स पत्रिकामा उनका नियमित स्तम्भहरू पनि छापिन्छन् । झमकले प्रबल गोरखा दक्षिण बाहु, चौथोलगायत दर्जनौँ पुरस्कार एवं सम्मान प्राप्त गरेकी छन् ।

६) पार्वति थापा (पहिलो महिला प्रहरी अधिकृत)
पार्वती थापा (जनम २०१६ साल) नेपालको प्रहरी अधिकृत महिला थिइन् । यिनले जिल्ला प्रहरी कार्यालय प्रमुख हुने प्रथम महिला, अञ्चल प्रहरी कार्यालयको प्रमुख तथा प्रहरी नायब महानिरीक्षक (डीआईजी) बन्ने पहिलो महिलाको रेकर्ड बनाएकी छिन् ।
पार्वती थापा वीरेन्द्र प्रहरी अस्पतालमा प्रहरी नायब निरीक्षक पदमा २०४० सालमा प्रवेश गरेकी थिइन् । यिनी २०४३ सालमा खुला प्रतिस्पर्धाबाट निरीक्षक (इन्सपेक्टर) बनिन् । 

महिला प्रहरी गुल्म हुँदै भिडियो शाखामा दुई वर्ष जति काम गरिन् । यसबीच प्रहरी कार्यक्रम उद्घोषिका, समाचारवाचिका बन्दै सम्पादनको काममा समेत सक्रिय भइन् ।

७) शान्ता थपलिया (पहिलो कानुनमा विद्यावारिधि गर्ने महिला)
शान्ता थपलिया (वि.सं १९९८–२०६७) कानुनमा विद्यावारिधि गर्ने नेपालकी पहिलो महिला हुन् । महिलाका पक्षमा कानुनी आधार तयार पार्न सक्षम अधिवक्ता थिइन् ।

थपलियाले क्यालिफोर्निया विश्वविद्यालयबाट एलएलएम र दिल्ली विश्वविद्यालयबाट विद्यावारिधि गरेकी थिइन् । उनले नेपाल ल क्याम्पसमा साढे तीन दशक अध्यापन पनि गरेकी थिइन् । मानव अधिकार संरक्षणमा गहिरो अभिरुचि भएकी थपलियाले नेपाल न्यायिक प्रतिष्ठान, प्रहरी सुधार तथा सुझाव आयोग, त्रिभुवन विश्वविद्यालयको प्राज्ञिक परिषद्लगायत संघसंस्थाको सदस्य भएर पनि काम गरेकी थिइन् ।

८) लूना भट्ट ( एसएलसीमा उत्कृष्ट नतिजा ल्याउने महिला)
लूना भट्ट नेपालको एसएलसी परिक्षामा सर्वोत्कृष्ट नतिजा ल्याउने पहिलो महिला हुन् । 

९) अंगुरबाबा जोशी (पहिलो महिला क्याम्पस प्रमुख)
अङ्गुरबाबा जोशी क्याम्पस प्रमुख बन्ने पहिलो नेपाली महिला हुन् । शिक्षा क्षेत्र र समाजसेवामा उनको ठुलो योगदान रही आएको छ ।
पहिलेको चलन अनुसार अंगुरबाबा जोशीको वाल विवाह भएको थियो। एघार वर्षको कलिलो उमेरमै उनी बलराम जोशीसँग विवाह बन्धनमा बाँधिइन् । जसले गर्दा उनले विद्यालय गएर औपचारीक शिक्षा हासिल गर्ने मौका पाइनन् । तर खाने मुखलाई जुँगाले छेक्दैन भने झैं उनले घरमै पढेर हाइस्कुलको पढाइ पूरा गरिन् ।

१०) प्रभा बस्नेत (पहिलो नारी पीएचडी)
मुलुककै पहिलो नारी पीएचडीको रुपमा परिचित नाम हो प्रभा बस्नेत । शिक्षा नीतिकी विशेषज्ञ मानिने बस्नेतले नारी जागरणका क्षेत्रमा पनि योगदान दिएकी थिइन् । उनी विभिन्न साहित्यिक तथा सामाजिक संघसंस्थामा समेत आबद्ध थिइन् ।

सुप्रबल गोरखा दक्षिण बाहु लगायत दर्जनौं सम्मान तथा पुरस्कार पाएकी बस्नेत भूपालमानसिंह कार्की प्रज्ञा परिषद्की संस्थापक सदस्यसमेत थिइन् ।

मीरा राई

मीरा राई (जन्म ३१ डिसेम्बर १९८८) नेपाली म्याराथन खेलाडी तथा पूर्व माओवादी लडाकू हुन् । विभिन्न अल्ट्रा म्याराथन खेलमा सहभागिता जनाइसकेकी मीराले फ्रान्सको चामोनिक्समा आयोजित माउन्ट ब्लान्क अल्ट्रा म्याराथनको निर्धारित ८० किमीको दूरी १२ घण्टा ३२ मिनेटमा पुरा गर्दै उपाधि जितेकी छिन् । 

मीराले २०१७ को नेशनल जोग्राफीको एड्भन्चर अफ दी इयरमा (साहसी वर्ष व्यक्ति २०१७) को उपाधि हासिल गरेकी छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर