• २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024

विश्लेषक भन्छन् – नयाँ क्षेप्यास्त्र प्रक्षेपणको तयारीमा उत्तर कोरिया

एजेन्सी । स्याटालाइटबाट प्राप्त तस्विरहरुले उत्तर कोरियाले निकट भविष्यमा नयाँ क्षेप्यास्त्र वा अन्तरिक्ष रकेट प्रक्षेपण गर्न सक्ने देखाएको छ । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनको पछिल्लो सम्बन्धलाई संकेत गर्दै शुक्रबार विश्लेषकले उत्तर कोरियाले नयाँ मिसाइल प्रक्षेपण गर्न सक्ने बताएका छन् ।

गत २२ फेब्रुअरीमा डिजिटलग्लोबल नामक तस्विर खिच्ने कम्पनीद्धारा खिचिएका तस्विरमा उत्तर कोरियाको एक उपनगर ‘सानुडोङ’मा यस्तो गतिविधि भइरहेको संकेत गरेको बताइएको छ । यसअघि पनि उत्तर कोरियाले सानुमदोङबाटै अन्तर–महाद्धीपीय ब्यालेस्टिक मिसाइल र स्याटालाइट प्रक्षेपण गरेको थियो । 

उत्तर कोरियाली वेबसाइट ‘३८नर्थ’ले ‘सोहाई स्याटाइट’को प्रक्षेपणको तयारी भन्दै यी तस्विरहरु प्रकाशित गरेको थियो, जसलाई विश्लेषकहरुले मिसाइल प्रक्षेपणको तयारी बताएका छन् । 

यस स्थानलाई निशस्त्रीकरणको कदमको हिस्साको रुपमा आंशिक रुपमा अलग गरिएको थियो, जुन पछिल्लो केही साता छिटो गतिमा मर्मत गरी फेरी सामान्य अवस्थामा ल्याइएको छ । 

अमेरिकी राष्ट्रपछि डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीचको हनाई शिखर वार्ता असफल भएपछि उत्तरको कोरियाले यस्तो कामको सुरुवात गरेको प्रतित हुने विश्लेषकहरुको भनाई छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर